Lite Nepal

मंगलबार, चैत्र ०७, २०७९

काठमाडौं – साविक प्रदेश १ को नाम कोशी प्रदेश राखिएको भन्दै कोशी प्रदेशका विभिन्न जिल्लामा केहिदिन देखि आन्दोलन र हड्ताल भइरहेका छन् । यसै क्रममा कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि ताप्लेजुङमा मंगलबार आक्रमणको प्रयास भयो ।

पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको थियो ।

यसै क्रममा एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भेटिएको छ । सम्भवत उक्त भिडियो त्यहीँ क्रमको हुनुपर्छ, जहाँ आङवो सवार गाडीमा आक्रमणको प्रयास भएको थियो । उक्त भिडियो केरुङ हाङ्सेम नामको व्यक्तिको फेसबुकबाट हालिएको छ ।

सो भिडियो मोटरसाइकलमा बसेर आङ्बो सवार गाडीलाई खेदाउँदै खिचिएको प्रष्ट देखिन्छ । उक्त भिडियो खिच्नेले भनेका छन्, ‘भखरै यहाँ चु..इन्द्र आङ्बोको गाडी यहाँ अगाडी छिरेको छ । र, इन्द्र आंबोलाई बाटो बाटो चेक च्यालेन्ज दिइरहेको छ । चु..लाई प्रहरीले स्कटिङ गरी अगाडी बढाएको छ । र, यो चु..इन्द्र आङ्बोलाई बाटो बाटो छेकेर यसको हत्या गर्ने लक्ष साथ संघर्स समिति अगाडी बढीरहेको छ ।….

यता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भने आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले उक्त जानकारी दिइन् ।

संघर्स समितिले लखेटेको भिडियोमा बनाए पनि आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन ।

कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले सदरमुकाम फुङलिङमा कालो झण्डा देखाउन खोजेको थियो । तर, आक्रमणको सम्बन्धमा आफूहरुलाई जानकारी नभएको समितिले जनाएको छ ।

नेता आङ्वोका साथमा माओवादी केन्द्रका प्रदेश संयोजक हर्क नेम्वाङ समेत थिए ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://fb.watch/jpDxnQOw83/

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा