Lite Nepal

शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । युक्रेनी सेनाको कब्जामा रहेको पाँच नेपाली सकुशल रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुलाई स्वदेश फर्काउने पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनको कब्जामा परेका पाँच नेपालीलाई युक्रेन सरकारका प्रतिनिधिले एकै ठाउँमा राखेर बयान लिएको जानकारी आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा पुगेका भर्ना भएका काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, बर्दियाका विवेक खत्री, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका थिए ।

युक्रेनका सरकारी प्रतिनिधिले पाँचै जनालाई एकै स्थानमा राखेर बयान लिइएको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर जानकारी दिएका हुन् । बयानका क्रममा पाँचै जनाले युक्रेनबाट रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गरेका थिए ।

उनीहरुलाई फिर्ता ल्याउने विषयमा जर्मनीस्थित नेपाली दूतावासमार्फत पहल गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा