Lite Nepal

बिहिबार, आषाढ २७, २०८१

काठमाडौं – शुक्रबार (असार २८) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन । एमाले र कांगे्रससहितका दलले प्रचण्डलाई विश्वासको मत नदिने र अल्पमतमा पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका छन् । यो तयारी सँगै एमाले र कांग्रेस भित्रका को को नेता मन्त्री बन्छन् भन्ने चर्चा चलिरहेको छ ।

यसैबिच केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा ताप्लेजुङबाट निर्वाचित एमाले सांसद योगेश भट्टराई र कांग्रेस सांसद लिलादेवी बोखिमको नाम पनि मन्त्रीको सम्भावित सूचीमा परेको चर्चा हुन थालेको छ ।

यस अघि केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारमा नयाँ अनुहारका नेतालाई मन्त्री बनाएका र अब आफ्नो नेतृत्वमा बन्ने सरकारमा अनुभवि र पहिले पनि मन्त्री बनेर मन्त्रालय चलाएका नेताहरूलाई मन्त्री बनाउने तयारी गरेकाले योगेश भट्टराई पनि यो सूचीमा पर्ने एमाले स्रोतले जनाएको छ ।

यता एमाले सचिव समेत रहेका सांसद भट्टराईले भने अहिले मन्त्री बन्ने या नबन्ने टुंगो नरहेको प्रतिकृया दिएका छन् । ‘यो विषयमा अहिले सम्म केही निर्णय भएको छैन । मैले संसद्मा एमालेको विचार राख्ने भूमिका पनि खेल्नुपर्ने अवस्था आउन सक्छ । त्यो जिम्मेवारी पार्टीले दिए मैले सोही भूमिका निभाउनु पर्ने हुन्छ । अब मन्त्रीकै जिम्मेवारी दिए पनि जुनको नेतृत्व दिइन्छ त्यो सम्हाल्नु पर्छ नै,’ उनले भने ।

भट्टराईको यो भनाईले उनी मन्त्री बन्ने या नबन्ने, अथवा कुन मन्त्रालय दिने भन्ने विषयमा विहीबार सम्म केही निर्णय नभएको भन्ने बुझिन्छ । तर, बाहिर भने भट्टराईलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउने चर्चा उच्च छ ।

उता कांग्रेस सांसद लिलादेवी बोखिमको मन्त्रीमा नाम नेता शेखर कोइरालाको समूबाट परेको कांग्रेस स्रोतले बताएको छ । कोशी प्रदेशबाट कोइराला समूहका अन्य व्यक्ति नभएकाले र जिल्ला कार्यसमिति सभापतिको जिम्मेवारी समेत सम्हालिसकेकाले सांसद बोखिमको मन्त्री बन्ने सम्भावना उच्च रहेको कांग्रेसका एक नेता बताउँछन् । उनका अनुसार बोखिमलाई समाज कल्याण वा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावना छ ।

कोशी प्रदेशका कोइराला समूहका डिकबहादुर लिम्बू पहिले नै मन्त्री भइसकेका र दोहोर्याउने सम्भावना कम रहेकाले आदिवासी–जनजाती र महिला दुबै समेटिने भएकाले पनि बोखिमको सम्भावना बलियो बनेको हो ।

शेखर समूहबाट गएको नाममा महासचिव गगन थापाले पनि समर्थन जनाउने भएकाले सभापति देउवाले बोखिमको नाम काट्न नसक्ने आँकलन कांग्रेस वृत्तमा छ । अब बन्ने सरकारमा कांग्रेसको भागमा ११ मन्त्रालय परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा