विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगर लगायत तराईका विभिन्न स्थानमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । यो वर्ष माघबाट मात्र चिसाे मौसम सुरु भएसँगै हुस्सु लागेको हो । मौसम धुम्मिएर लागेको हुस्सुका कारण घाम देख्न पाइएको छैन । हुस्सुसँगै बिहानैदेखि विगतका दिनमा भन्दा अलि बढी चिसो महसुस भएको छ । विगत वर्षहरुमा मंसिर दोस्रो सातादेखि नै हुस्सु लाग्ने गरेको थियो । तर यस वर्ष माघबाट मात्रै हुस्सु लागेकाे छ ।
हुस्सुका कारण नजिकका दृष्य पनि देख्न मुस्किल परिरहेको छ । सडक तथा सार्वजनिक स्थलमा भिडभाड कम छ । सडकमा अरु दिनको तुलनामा सवारी साधन पनि कम चलेका छन् ।
हुस्सुले सवारी साधन चलाउन झन् गाह्रो हुने गरेको छ । ट्राफिक प्रहरीले हुस्सुले दुर्घटनाको जोखिम बढेकोभन्दै सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ । हेराै विराटनगरमा लागेकाे हुस्सुका ११ तस्बिर ।