Lite Nepal

सोमबार, माघ ०६, २०८१

एजेन्सी । अमेरिकामा टिकटक पुनः चल्न थालेको छ । टिकटकले अमेरिकामा आफ्नो सेवा करिब १२ घण्टा बन्द गरेको थियो ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा टिकटकले पुनः सेवा सुरु गरेको हो । ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएका थिए । उक्त आवश्वासनपछि कम्पनीले पुनः सञ्चालनको निर्णय लिएको हो ।

टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ‘तपाईंको धैर्यका लागि धन्यवाद । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ ।’ अमेरिकामा टिकटक एपमाथि प्रतिबन्ध लगाउने कानुन बनेको छ ।

प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिबार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन लागु भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन । चिनियाँ कम्पनी बाइटडान्सको अन्य एप लेमन र क्यापकट पनि हटाइएको थियो ।

तर, आइतबार बिहान ट्रम्पले सोमबारको शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु गर्न ढिलाइ गर्नलाई कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा ल्याएको हो । अमेरिकामा टिकटकमा १७ करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा