Lite Nepal

बुधबार, माघ १६, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सुरु भएको छ । निर्माण सुरु भएसँगै जिल्ला वासीमा मात्रै होइन यसको चर्चा र खुसीयाली देशभर छायो । केही समुह बाहेकले सबैले केबलकार निर्माणको स्वागत गरिरहेका छन् । विज्ञ भन्छन्, ‘केबलकार निर्माणले जिल्लाको विकास बढाउँछ नै, यहाँको पहिचान र विश्वासलाई विश्वभर फैलाउन मदत पुर्‍याउँछ ।’

पहिचन पक्षधरले यहाँ केबलकार निर्माण भए पहिचान नष्ट हुने बताउँदै आन्दोलन गरिरहँदा यो कुरालाई विज्ञ भने नकार्छन् । केबलकार त एउटा जाने माध्यम अर्थात् बाटो मात्रै भएको र यसले पहिचानलाई असर नपर्ने बरु यहाँको महत्त्व अझै बढाउने बताउँछन्, पूर्वाधारविज्ञ सूर्यराज आचार्य । भन्छन्, ‘पहिचान नष्ट हुन्छ भन्नु भ्रम बाहेक केही होइन । यहाँ केबलकार पुग्दा अहिले भन्दा दोब्बर तेब्बर तीर्थयात्री यहाँ पुग्छन् र, यहाँको महत्त्व बुझेर जान्छन् । त्यसैले पहिचान र यहाँको महत्त्व बढ्नेमा दुई मत छैन ।’

केबलकार निर्माण नेपालका लागि नयाँ कुरा नभएकाले यसले निर्माण क्षेत्र र जिल्लामा पारेको प्रभाव अन्य स्थानबाट पनि हेरेर विरोध गर्नेहरूले कुरा बुझ्नुपर्ने विज्ञ आचार्य बताउँछन् । ‘केबलकारले यात्रालाई सुरक्षित, छिटो र आरामदायी बनाउँछ । यसले वातावरणमा पनि असर गरेको हुँदैन । ध्वनी र वायु प्रदूषण पनि घटाउँछ,’ उनले भने, ‘यसको फाइदा अथाह छन् ।’

पाथीभरामा केबलकार निर्माणको विषयलाई नजिकबाट नियालिरहेका विरेन्द्रहाङ् लाबुङ केबलकारले पहिचान नामेट र खोसेको इतिहास विश्व भर कहीँ नभएको बताउँछन् । नेपालकै गोरखाको मनकामना, काठमाडौंको बालेश्वर महादेव लगायतका स्थानमा केबलकार निर्माणपछि यहाँको महत्त्व अझै बढेको र पहिचानको संरक्षण भएको बताउँछन् ।

‘गोरखाको मनकामनामा आजभन्दा २५-३० बर्ष अगाडी केबलकार बन्यो । काठमाडांैको बालेश्वर महादेवको मन्दिर भएको स्थान चन्द्रागिरीमा केबलकार बन्यो केही भएन । न त्यहाँका बासिन्दाका पहिचान मेटाइयो या त खोसाइयो,’ उनी भन्छन् ।

उनी अगाडी थप्छन्, ‘हाल ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार बन्दै गर्दा केबलकार बन्नै दिनुहुन्न भन्ने एकजत्था लिम्बु साथीहरू लागिरहरनु भएको छ । देश बिदेशमा चन्दा उठाएर बेरोजगार लिम्बुहरुलाई गोली खान उक्साउँदै हुनुहुन्छ यो क्रम तुरुन्तै बन्द हुनुपर्छ । पहिचानको नाममा निर्दोष लिम्बुहरुलाई मार्न र मर्न दिनुहुन्न । राजनैतिक एजेण्डा विहिन पहिचानवादी नेताहरूले मुकुम्लुङको केबलकारलाई जो कोशेली बनाउनु भएको छ यो नाटक सबैले बुझ्न आवश्यक छ ।’

केबलकार निर्माणको सुरुवात गरेका उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका चन्द्र ढकाल केबलकारले अन्य यातायातको साधन जस्तो कुनै क्षेत्रमा असर नगरेको बताउँछन् । भन्छन्, ‘केबलकारले त्यस क्षेत्रको समग्र विकास गर्छ । धार्मीक, आर्थिक र पहिचानलाई बढवा दिन्छ । सबै कुराको अध्ययन गरेर ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण सुरु गरिएको हो,’ उनले भने, ‘यसले पहिचान र त्यस स्थानको अस्तित्वलाई अझै संरक्षण गर्दै प्रचार गर्नमा मदत पुर्‍याउँछ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा