Lite Nepal

शुक्रबार, माघ १८, २०८१

इलाम । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा दर्शनका लागि जाने तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै पहिचान पक्षधर समूहले गरेको बन्दको मारमा नागरिक परेका छन् ।

यस्ता बन्द र हड्तालले कसैलाई फाइदा नगर्ने भन्दै इलाम उद्योग वाणिज्य संघ इलामले वार्ता र सहमतिमार्फत समस्याको समाधान खोज्न आह्वान गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले कुनै पनि असमझदारीलाई संवादको माध्यमबाट निकास निकाल्न सकिने भएकाले आधारभुत सेवा अवरोधजस्ता गतिविधिले दीर्घकालीन समाधान दिन नसक्ने बताएको हो ।

‘अतः व्यवसायिक तथा आर्थिक स्थायित्व जोगाउन, पर्यटन प्रवद्र्धन गर्न, र स्थानीय जनताको हित सुनिश्चित गर्न शान्तिपूर्ण संवादको वातावरण निर्माण गर्नु आवश्यक छ,’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) र महासचिव हेमन्त गौतम अत्रीद्धारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई संयमित रहन, समस्या समाधानका लागि संवादको मार्ग अवलम्बन गर्दै, जनजीवनलाई यथाशीघ्र सहज बनाउन सम्बद्ध पक्षहरुसँग आग्रह पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा