Lite Nepal

आइतबार, माघ २०, २०८१

काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको छ । भारतका ९ र घानाका ३ नागरिकको उक्त दुर्घटनामा ज्यान गएको छ ।

साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको छ । जिजानको बाइस अस्पतालमा उनको उपचार भइरहेको छ ।

कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा गर्ने श्रमिक दुर्घटनामा परेका हुन् । साउदी अधिकारीहरूले ड्राइभरको लापरबाही, सवारी साधनको सुरक्षासम्बन्धी मापदण्ड र सडकको अवस्थाका विषयमा अनुसन्धान थालेको साउदीका सञ्चारमाध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार खाडी क्षेत्रमध्ये साउदीमा सबैभन्दा बढी सडक दुर्घटनामा ज्यान जाने गरेको छ । साउदीले सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षाको मापदण्ड सुधार गरी कार्यान्वयनमा ल्याएको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा