ताप्लेजुङ । ‘नो केबलकार समूह’ ले गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि समन्वय समिति बनाउने भएको छ ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति बनेपछि उक्त समूह वार्ता समितिको खबरको पर्खाइमा रहेको र खबर आएपछि आफूहरू पनि समन्वय समिति बनाएर पठाउने समूहका प्रेम एक्तेङले बताए ।
सहसचिव स्तरको समितिले निकास दिन नसक्ने बताएका एक्तेङले सोमबार दिउँसोसम्म वार्ताका विषयमा आधिकारिक जानकारी नआएको बताएका छन् । राजनीतिक रूपमै वार्ता समिति बन्नुपर्ने उनको भनाइ छ ।
गृह मन्त्रालयले गठन गरेको समितिसँग कुरा गर्नका लागि तत्काल एउटा टिम तयार गर्ने र त्यो सरकारलाई दिन सक्ने उनले बताए ।