Lite Nepal

सोमबार, माघ २१, २०८१

काठमाडौं । सरकारले गठन गरेको वार्ता समिति र पाथीभरामा केबलकारको विरोधमा रहेको पक्षले गठन गरेको वार्ता समितिबीचको वार्ता भोलि फेरि बस्ने गरी स्थगित भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक एवम् नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराइले पहिलाे वार्ता सकारात्मक भएकाे बताए ।

आजको बैठकमा आन्दोलनरत पक्षले आफ्ना मागहरु राखेका थिए । थप छलफल गर्न आवश्यक रहेको निष्कर्षसहित भोलि पुन बस्नेगरी स्थगित भएको भट्टराईले बताए ।

आन्दोलनरत पक्षले केबलकार निर्माणको काम रोक्नु पर्ने, काफ्लेपाटीमा रहेको सुरक्षा पोष्ट फिर्ता हुनुपर्ने, पक्राउ परेकाहरुलाई छाड्नु पर्ने, घाइतेकाे उपचार गर्नुपर्ने लगायत माग राखेका थिए ।

सरकारी वार्ता टोलीले केबलकार निर्माण काम रोक्न नसकिने बताएको थियो । केबलकारकाे विराेधमा रहेकाे पक्षले प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा आज अपरान्ह वार्ता सहजीकरण समिति बनाएपछि वार्ता भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा