Lite Nepal

बुधबार, माघ २३, २०८१

काठमाडौं । तीनजुरे हाइड्रोपावर प्रालिले ४.६ मेगावाटको सुपर मष्ट ईवा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङको सिदिङवा गाउँपालिका-१ तथा पाँचथरको याङवरक गाउँपालिका-२ भएर बग्ने ईवा खोलाको पानीलाई उपयोग गरी जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो ।

कम्पनीले यो आयोजनाको विस्तृत अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईई) प्रतिवेदन तयार भइसकेको छ । विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) लिने प्रक्रिया अन्तिम चरणको पुगेको छ । लाइसेन्स लिने प्रक्रिया पूरा भएसँगै कम्पनीले निर्माण थाल्ने गरी कार्ययोजना बनाएको उल्लेख छ ।

यो आयोजनाबाट वार्षिक २७.५५ गिगावाट आवर वार्षिक विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजनाको डिजाइन बहाव १.५५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३६० मिटर हुनेछ । फलामबाट बनाइने हेडरेस पाइप ७७२ मिटर हुनेछ । उत्पादित बिजुलीलाई ३३/१३२ केभी अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । आयोजनाबाट २०८४ चैतदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा