ताप्लेजुङ । ‘नो केबलकार समूह’ र सरकार बिच भएको सहमति अनुसार प्रहरीले ताप्लेजुङबाट नियन्त्रणमा लिएका तीन जनालाई रिहा गरेको छ ।
पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन(नानी)सहित तीन जनालाई बुधबार प्रहरीले छाडेको हो ।
मादेन १० हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन् भने सिदिङ्वा गाउँपालिका – ५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।
तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको छ ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटना पछि प्रहरीले अनुसन्धानका लागि भन्दै तीन जनालाई नियन्त्रणमा लिएको थियो ।