Lite Nepal

शुक्रबार, माघ २५, २०८१

खोटाङ । बाल यौन दुरुपयोग मुद्दामा मदन राईलाई २ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । शुक्रबार जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले कृषि विज्ञ राईलाई उक्त सजाय तोकेको हो ।

राईलाई गत माघ १० गते जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको थियो । राईलाई आफैंले सञ्चालन गरेको दिक्तेल–२ सोल्मास्थित ‘सुभद्रा मदन फाउन्डेशन’ मा बसेर पढ्ने बालिका र किशोरीमाथि यौन दुर्व्यवहारको अभियोग लागेको थियो ।

राईलाई २ वर्ष ६ महिना जेल सजाय, १ लाख रुपैयाँ जरिवाना र पीडित किशोरीले क्षतिपूर्ति गरी १ लाख ५० हजार पाउने गरी फैसाला भएको अदालतका श्रेष्तेदार सीताराम खड्काले जानकारी दिए । राई विरुद्ध २०८० साल जेठ २१ गते सरकारी वकिलको कार्यालय दिक्तेलमा र जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

७५ वर्षीय राईले बालिका तथा किशोरीहरूको संवेदनशील अंगमा हात हाल्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको तस्बिर तथा भिडिओ सार्वजनिक भएको थियो । फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी एक १६ वर्षीय किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए । त्यसपछि मुद्दाको फैसला नहुन्जेल फाउन्डेशन जान नपाउने गरी २०८० जेठ २२ गते चार लाख धरौटी तिरेर तारेखमा रिहा भएका थिए ।

राई विरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा