Lite Nepal

सोमबार, फाल्गुण ०५, २०८१

सुनसरी । तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङमा रहेको पाथीभरा जाने केबलकार निर्माणको पक्षमा बोलेको आरोपमा पदम चेन्जी माबोलाई कालोमोसो दल्ने विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

आइतबार धरानमा आयोजित एक कार्यक्रममा माबोलाई घेरेर कुटपिट गर्दै ‘नो केबलकार सूमह’का केही व्यक्तिले कालोमोसो दलेका थिए । मोसो दल्ने विरुद्ध माबोले आइतबार साँझ इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका थिए ।

उक्त जाहेरी आपराधिक उपद्रवमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । ‘आपराधिक उपद्रवमा जाहेरी दर्ता भइसकेको छ । घटनामा संलग्नहरूको खोजी प्रहरी सक्रिय छ,’ निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले भने ।

प्रहरीमा जाहेरी दर्ता भएको खबर पाएसँगै मोसो दलेको घटनामा संलग्न ‘नो केबलकार समुह’का व्यक्त भने फरार भएका छन् । ‘नो केबलकार समूहको’ धरानमा नेतृत्व गरेकाहरूको मोबाइल फोन स्विच अफ छ । नो केबलकार पक्षका जेन्टल लावती, विष्णु थाम्देन, शिवहाङ राईसहितका व्यक्तिले माबोमाथि आक्रमण गरेको बताइएको छ ।

फरार रहेका उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा भूमिगत भएको उल्लेख गरेका छन् । फरार भएकाहरूलाई सोमबार साँझ सम्ममा नियन्त्रणमा लिने प्रहरीले तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा