Lite Nepal

बुधबार, फाल्गुण ०७, २०८१

काठमाडौं । आज देशभर ७५औँ प्रजातन्त्र दिवस मनाइँदै छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो राणा शासन अन्त्य भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राणाहरूको वंशीयतन्त्र नभई प्रजाहरूकै तन्त्रमा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा प्रजातन्त्र आएको थियो ।

जनताले गरेको आन्दोलनलाई तत्कालीन राजा त्रिभुवनले पनि साथ दिएपछि मुलुकमा प्रजातन्त्र बहाली सम्भव भएको थियो । आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस, तत्कालीन राजा त्रिभुवन र राणाबीच सहमति भएपछि जहानियाँ राणा शासनको अन्त्य भएको थियो ।

हालसम्म भएका सबै राजनीतिक परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र भएकाले यसलाई विशेष दिवस मनाउने गरिएको छ । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ पदाधिकारीको सहभागीतामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा