Lite Nepal

बुधबार, फाल्गुण ०७, २०८१

झापा । झापाको काँकडभिट्टा नाकाबाट भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट निकालिएका मध्ये १६ जना नेपाली विद्यार्थी घर फर्किएका छन् ।

उनीहरू आज (बुधबार) बिहानको राति १ बजेतिर फर्किएका हुन् । विराटनगर नाकाबाट हिजै ३ जना स्वदेश फर्किएका थिए ।

केआईआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेसँगै उनीहरू स्वदेश फर्किएका हुन् ।

प्रहरीका अनुसार सप्तरी राजविराज–२ तित्रीगाछीका आरती रोही, सालिमी दास, रिसक सिंह,आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह,नवीन मण्डल, र सुनसरी इनरुवा –१ का ओमप्रसाद पोद्धार, विराटनगर–१२ का आदित्य मिश्र, कास्की पोखराका सुलभ पौडेल,आयुष अधिकारी, काठमाडौं–१० पुरानो बानेश्वरका समिम पौडेल, ललितपुर महालक्ष्मी–४ हात्तीबनका आकाश शाह, काठमाडौं–१३ ताहाचलका पीयूष शाह र काठमाडौं गोकर्णेश्वर– ७ का विकेश श्रेष्ठ फर्किएका हुन् ।

विराटनगरकाे रानी नाकाबाट पनि ३ जना विद्यार्थी फर्किएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा