‘नो केबलकार समूह’ले कुटे चालक, ताप्लेजुङमा यातायात बन्द

अधिकारकर्मी चढेको सवारीमा तोडफोड, क्षतिको जिम्मा आन्दोलनकारीले लिनुपर्ने

Lite Nepal

बिहिबार, फाल्गुण ०८, २०८१

ताप्लेजुङ । यातायात व्यावसायीले ताप्लेजुङमा यातायात बन्दको घोषणा गरेका छन् ।

काफ्लेपार्टी नजिकै केबलकारको बटम स्टेसन बन्ने ठाउँमा प्रहरी र ‘नो केबलकार समूह’ बिच भएको झडपमा घाइते भएकाहरूको उद्धारमा खटिएको रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत समूहले तोडफोड गर्दै चालकलाई कुटपिट गरेको विरोधमा ताप्लेजुङ भित्रने सबै यातायात बन्द गरेको बताइएको छ ।

गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको र उक्त जिम्मा आन्दोलनरत पक्षले लिएर क्षति नबेहोरे सम्म यातायात ठप्प गरिएको यातायात व्यावसायी सङ्घ काफ्लेपाटीका अध्यक्ष कुमार लिम्बूले बताए ।

आन्दोलनकारीको कुटपिटबाट घाइते भएका चालक चालक फुङलिङ नगरपालिका–९ का ३५ वर्षीय राजकुमार पौडेल र झडपमा घाइते भएका सुरक्षाकर्मीहरूलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको इन्सेक प्रतिनिधि एलिना दियालीले जानकारी दिइन् ।

उनका अनुसार आन्दोलनकारीले अधिकारकर्मी सवार मे १ ज २५७९ को गाडी तोडफोड गरेका छन् । तोडफोडबाट गाडीको सबै सिसामा क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा