ताप्लेजुङ । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात भएको छ । ताप्लेजुङमा वर्षा भएसँगै हिमपात भएको हो । यसवर्ष पाथीभरा क्षेत्रमा तेस्रोपटक हिमपात भएको छ । यसअघि २ पटक सामान्य हिमपात भएको थियो ।
अहिले अलि बढी नै हिमपात भएको छ । हिउँले पाथीभरा क्षेत्र सेताम्य भएको छ । पाथीभरा मन्दिरका कर्मचारी तथा माथिल्लो फेदिका होटल व्यवसायी राजेन्द्र महतका अनुसार शुक्रबार पानी परेसँगै वर्षकै तेस्रोपटक हिमपात भएको हो ।
तस्बिरः दिलकुमार लिम्बू/रासस