Lite Nepal

आइतबार, फाल्गुण ११, २०८१

ताप्लेजुङ । सदरमुकाम फुङलिङमा शनिबार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जना घाइते भएका छन् । प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ ।

घाइते भएका ४ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते भएका छन् भने अन्य घाइते नो केबलकार समूहका हुन् ।

सुरक्षाकर्मी तर्फका एक जनालाई जिल्ला बाहिर पठाइएको छ । अरुको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । रातको समयमा झडप भएको र कतिपय जिल्ला बाहिर गएर पनि उपचार गराइ रहेकाले यकिन तथ्यांक नभएको आन्दोलनरत पक्ष बताउँछन् ।

प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । हुल हुज्जत नियन्त्रणका लागि शनिवार बेलुका प्रहरीले २ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

आन्दोलनरत पक्षले भने आन्दोलनकारी बसेको घर तथा होटल छापा मारेर कुटपिट गर्दै धरपकड तथा तोडफोड गर्ने जस्ता अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

स्थानीय प्रशासनले शनिवार (आज) बिहान ५ बजेबाट फुङलिङ र पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाडा क्षेत्रका चारकिल्ला तोकी निषेधाज्ञा ज्ञारी गरेको छ । गएसाँझ नो केवलकार पक्षले फुङलिङमा आयोजना गरेको राँके जुलुस र प्रदर्शनपछि भएको झडपसँगै स्थिति तनावपूर्ण भएको थियो ।

पाथीभरा क्षेत्रको पदयात्रा सकेर फुङलिङ आएका आन्दोलनरत समूहले राँको सहितको जुलुस निकालेर घरघर तर्फ आगोको लप्का फालिदिएपछि स्थिति असामान्य बनेको थियो । आन्दोलनरत पक्षलेभनें झडपपछि पनि घर–घर घेरा हालेर धरपकड तथा कुटपिट गरेको भन्दै आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा