काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल खेल आज हुँदैछ।
बुधवार साँझ ६ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइनल खेल हुँदैछ। चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानमार र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी भएको थियो ।