Lite Nepal

बुधबार, फाल्गुण १४, २०८१

काठमाडाैं । भगवान शिवको स्वरुपले अनेक अर्थ बोकेको छ । त्यसैगरी भगवान शिवले खरानी धस्ने गरेको धार्मिक कथन छ । खरानी, खासगरी लास जलाएर भस्म भइसकेपछिको अंश । अहिले पनि धेरै साधु सन्तले शरीरमा खरानी धस्छन् । किन होला त ?

यो कुनै लहड होइन, आडम्बर पनि । यसभित्र दर्शन र विज्ञान दुबै छ । भष्म अर्थात खरानीलाई पवित्रताको प्रतिक मानिन्छ । अर्थात रिस, द्वेष, लोभ, मोह, क्रोध सबै नरहेको अवस्था नै खरानी हो । के पनि भनिन्छ भने खरानीमा ‘उर्जा-शरीर’ लाई निर्देशित र नियन्त्रित गर्ने क्षमता हुन्छ । जब यसलाई शरीरमा लगाउँछौं, त्यसले अर्को संकेत गर्छ, आखिर जीवन नाश्वर छ । वा यो कुनै न कुनै दिन नष्ट हुन्छ ।

आर्युवेदमा पनि भष्म अर्थात खरानीको महत्व छ । यो एक प्राचिन उपचार विधी हो । यसले अनेक रोगबाट छुटकारा दिलाउने बताइन्छ ।

भगवान शिवको पूजामा भष्ममो खास महत्व हुन्छ । भनिन्छ, भगवान शिव मृत्युका स्वामी हुन् र उनी शव जलाइसकेपछि बाँकी रहेको खरानी आफ्नो शरीरमा धारण गर्छन् । यसको अर्थ यो हो कि, यस धर्तीमा जतिपनि जन्म हुन्छ, उसले एक न एक दिन धर्तिलाई छाडेर जानुपर्छ ।

यस्तो छ पौराणिक कथा
पौराणिक कथा अनुसार माता सतीले स्वंमलाई अग्नीमा समर्पित गरेर आत्मदाह गरेकी थिइन् । यो खबर सुनेर भगवान शिव बेचैन भए । उनी आफ्नी पत्नीको शव कोकेर कहिले आकास त कहिले धर्तीमा घुम्न थाले । जब भगवान विष्णुले महादेवको यस्तो दशा देखे, तब सती माताको शरीर छोएर त्यसलाई भष्ममा बदले । उक्त भष्मलाई शिवजीले आफ्नो शरीरमा धारण गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा