काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किँदै छन् । उनी ३ बजे काठमाडौं ओर्लने बताइएको छ ।
उनी समिट एअरको विमान चार्टर्ड गरेर काठमाडौं आउन लागेका हुन् । उनलाई राजावादीहरू विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन् ।
जसले गर्दा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।