काठमाडौं । प्रतिनिधिसभाको कुर्सी भाँचिदा सांसद उर्मिला थेबे लडेकी छिन् ।
मंगलबार बैठक चलिरहँदा कुर्सी भाँचिदा नेकपा (एमाले) की सांसद थेबे लडेकी हुन् । उक्त समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका थिए ।
उनी लडेपछि केही बेर थापा बोल्न रोकिएका थिए भने । अन्य सांसदले पनि फर्किएर हेरेका थिए ।
उनलाई चोटपटक भने नलागेको बताइएको छ ।