Lite Nepal

शुक्रबार, फाल्गुण ३०, २०८१

काठमाडाैं । ताप्लेजुङको पाथीभरामा तीर्थयात्रीको सहजताका लागि निर्माण सुरु भएको केबलकारको विरोध गरिरहेका समूहलाई सरकारले पुनः वार्ताका लागि आह्वान गरेको छ ।

गृह मन्त्रालयका वार्ता टोली संयोजक प्रेमप्रसाद भट्टराईले शुक्रबार मुक्कुमलुड ताङ्सेःप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संघर्ष समितिलाई पत्र लेख्दै वार्तामा बस्न बोलाएका हुन् ।

सहसचिव भट्टराईद्धारा हस्ताक्षरित पत्रमा समस्याको शान्तिपूर्ण समाधान गर्ने सरकार तयार रहेकाले वार्ताका लागि आन्दोलनरत पक्षका तर्फबाट ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई पनि आह्वान गरिएको छ ।

आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक एवम् सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सन्दर्भमा स्थानीय सरोकारवालासँग वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधानका लागि वार्तामा बस्न उक्त पत्र मार्फत भनिएको छ ।

सरकार र आन्दोलनरत पक्षबीच गत माघ २२ गते पहिलोपटक वार्ता भएको थियो । मन्त्रालयले आन्दोलनरत पक्षको वार्ता सहजीकरण समिति र सरकारबीच माघ २२ गते देखि निरन्तर रूपमा वार्ता र संवाद भइरहेको समेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा