वासिंटन । कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट […]
विराटनगर । अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ। कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए। मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म ९ राज्यको […]
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ६० हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ । […]
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको केसमा सीबीआईले अहिले अनुसन्धान गरिररहेको छ । मुख्य आरोपी सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय अदालतले सुनाएको छ । रियाका वकिलले हालेको मुद्धालाई खारेज गर्दै अदालतले रियालाई १४ दिनको जेल […]
एजेन्सी । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ८० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट अमेरिकामा १ लाख ८० हजार ५ सय २७ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी मृत्यु न्युयोर्कमा ३२ हजार ९ सय २६ छ भने त्यहाँ ७४ हजार ८ सय ५० जना निको भएका छन्। यस्तै, न्युजर्सीमा […]
काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । रुस र चीनले भने आफूले कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका छन् । साथै आफ्ना नागरिकमा दिइसकेका पनि छन् । यसैबीच चीनले आफ्ना नागरिकलाई एक महिना पहिले ने कोरोनाविरुद्धको भ्याक्सीन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । […]
एजेन्सी । गम्भीर बिरामी परेर कोमामा गएको दाबीसहितका खबर आइरहेका बेला उत्तर कोरियाका नेता किम जोङ–उन पार्टीको बैठकमा सहभागी भएका छन्। केही सञ्चार माध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए। पार्टीको बैठकमा सहभागी भएका नेता किमले उत्तर कोरियाका अधिकारीहरुलाई देशमा कोरोना भाइरसको महामारीका हुन सक्ने […]
काठमाडौँ । अमेरिकामा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिइएको छ । ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)लाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिइएको बताएका जानकारी दिएका छन् । विश्वका विभिन्न देशले गम्भीर अवस्थाका संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि अपनाइरहेका बेला अमेरिकामा […]
लिपुलेक, (एजेन्सी) । दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सामा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप विवाद उत्पन्न भएको छ । लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले […]
मायामी, (एजेन्सी)। अमेरिकाको फ्लोरिडा राज्यमा लामखुट्टेको संख्या कम गर्न स्थानीय अधिकारीहरूले आनुवांशिक रूपमा परिवर्तित ७५ करोड लामखुट्टे पर्यावरणमा छोड्ने फैसला गरेका छन्। यसको उद्देश्य डेंगु र जीका भाइरसजस्ता रोग फैलाउने लामखुट्टेको संख्यामा गिरावट ल्याउनु हो। उक्त योजनालाई अनुमति दिनुअघि यस मुद्दामा पर्याप्त बहस भइसकेको छ। किनभने, पर्यावरण संगठनले यसलाई लिएर गलत नतिजा आउने चेतावनी दिएको […]