पहिले भन्दा बढी मत पाएपछि रविले भने, ‘थपिएको मत थपिएको जिम्मेवारी हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको उनको भनाइ छ । थपिएको मतलाई थपिएको जिम्मेवारी भन्दै लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज […]

उपनिर्वाचनको परिणामबाट दलभित्र रुपान्तरणको आवाजलाई सहयोग

काठमाडाैं – प्रमुख राजनीतिक दलका नेताले उपनिर्वाचनको परिणामले दलभित्र उठ्दै आएको रुपान्तरणको आवाजलाई सहयोग पु¥याएको प्रतिक्रिया दिनुभएको छ । तनहुँ, चितवन र बारामा गत आइतबार भएको निर्वाचनको नतिजाबारे सञ्चारकर्मीको जिज्ञासामा उहाँहरुले संविधान र कानुन मानेर स्वस्थ्य प्रतिस्पर्धाका आधारमा रास्वपाले प्राप्त गरेको नतिजालाई कुनै चमत्कारका रुपमा हेरिन नहुने तर्क गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार […]

प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै

चितवन – प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उहाँहरु चितवन आउन लाग्नुभएको हो । वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य […]

कोशीका मुख्यमन्त्रीको १०० दिनको उपलब्धि : मन्त्रालय संख्या कटौती र प्रदेशको नामकरण

विराटनगर – कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयको संख्या कटौती र प्रदेशको नाम राख्नुलाई मुख्य उपलब्धिको रुपमा व्यख्या गरे । मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ मा झारेका छन् । त्यस्तै गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको छ […]

कोशीका मुख्यमन्त्रीको प्रस्ताव : सहमतिको सरकार गठन गरौं

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलिय सहमतिको सरकार गठनको प्रस्ताव गरेका छन् । आफ्नो कार्यकालको १०० दिने उपलब्धी सार्वजनिक गर्ने क्रममा उनले कुनै दलको एकल बहुमत नपुगेका कारण सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका हुन् । गत पुस २५ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता कार्कीले सर्वदलीय सरकार गठन […]

सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन : राप्रपा अध्यक्ष लिङ्देन

ताप्लेजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाएका छन् । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्रै उल्लेख गरेको बताए । विधेयकले विद्रोही पक्षलाई मात्र उन्मुक्ति दिन खोजेको र द्वन्द्वको […]

पदम लिम्बु (लाजेहाङ)को शव २४ दिनदेखि अस्पतालमा, अन्तिम संस्कारका लागि पार्टी निर्णय कुर्दै परिवार

विराटनगर – कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को अन्तिम संस्कार अनिश्चित बनेको छ । गत चैत ५ गते पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको चैत १० गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएको २४ दिनयता उनको शव विपी कोइराला […]

सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका […]

प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ । प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उहाँको सचिवालयले जनाएको छ । सोहीअुनसार प्रधानमन्त्री दाहाल बिहान […]

पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड

काठमाडाैं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०८० का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा