विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । कोशी प्रदेशको नाम खारेज […]
काठमाडौं – साविक प्रदेश १ को नाम कोशी प्रदेश राखिएको भन्दै कोशी प्रदेशका विभिन्न जिल्लामा केहिदिन देखि आन्दोलन र हड्ताल भइरहेका छन् । यसै क्रममा कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि ताप्लेजुङमा मंगलबार आक्रमणको प्रयास भयो । पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे […]
काठमाडाैं – प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनु पर्ने बताउनुभयो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका […]
ताप्लेजुङ – कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको हो । आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो […]
ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन लिम्बूले आफ्ना कर्मचारीलाई तुरुन्त फिर्ता गर्न संघीय मामिला मन्त्रालयलाई पत्र लेखेका छन् । आफ्नो गाउँपालिकामा रहेका विभिन्न तहका कर्मचारीलाई मन्त्रालयले सुगमका पालिकाहरुमा काज खटाइदिएपछि आफूहरुलाई काम गर्न असहज भएको लिम्बूले लेखेको पत्रमा उल्लेख छ । शिक्षा प्रशासन, इन्जिनियरिङ लगायतका क्षेत्रका कर्मचारीलाई विभिन्न ठाउँमा काज खटाइदिंदा आफ्नो पालिकाको […]
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इमान तोडेको बताएका छन्। सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले प्रधानमन्त्री बनाए पनि प्रचण्डले इमान छोडेको बताएका हुन्। ‘यसपटक हामीले वापन्थीसहितको सरकार बनाउन चाहेका थियौँ। उहाँलाई त्यो सह्य भएन। प्रधानमन्त्री भएपछि इमान छोड्नुभयो। प्रधानमन्त्रीजीको बारेमा यसो भन्नु […]
काठमाडौं – निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, […]
काठमाडाैं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
काठमाडाैं – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्नुहुनेछ । उहाँ आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने समारोहमा सम्मानित अतिथिको रुपमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान […]
काठमाडौं – नेकपा (एमाले) ले आज शहीद स्मृति कार्यक्रम आयोजना गरेको छ। जहानियाँ राणा शासन अन्त्यका लागि शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्मानमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आज शहीद स्मृति दिवस मनाउन लागिएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए। उनका अनुसार वि.सं. १९९७ मा शहादत प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालप्रति सम्मान […]