सुनसरी — प्रदेश १ मा मुख्य मन्त्री र सभामुख को-को होलान् ? यतिबेला पूर्वमा सबैको चासो मुख्यमन्त्री र सभामुख बन्न चाहने आकांक्षीहरूको बारेमा चर्चा चल्न थालेको छ । ७ प्रदेशमध्ये प्रदेश १ मा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीचको चुनावी गठबन्धनले बहुमत प्राप्त गरेपछि विशेष गरी […]
विराटनगर – प्रदेश १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३७ जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रदेशमा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । समानुपातिकको मत गणना अन्तिमतिर पुग्दा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनको सिट […]
काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित हुनुभएको छ । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय हुनुभएको छ भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित हुनुभएको छ । धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा […]
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गर्नुभएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले […]
ताप्लेजुङ – नेकपा एमाले ताप्लेजुङले आजबाट चुनावी कार्यक्रम सुरु गर्दैछ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गाउँ–गाउँ पुगेर प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको एमालेले जनाएको छ । आज पहिलो दिन सिदिङवा गाउँपालिका स्थित सादेवामा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार योगेश भट्टराई र प्रदेशसभाका उम्मेदवार तिलकुरमार मेन्याङबो लिम्बु र गोपाल […]
ताप्लेजुङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका दुई जनाको फिर्ता भएको छ। प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङको उम्मेदवारी फिर्ता भएको हो। तुम्याहाङले पार्टीकै टिकटबाट र गुरुङले स्वतन्त्र रुपमा दुवै जनाले ताप्लेजुङ निर्वाचन क्षेत्र […]
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् । संस्थापन इतर पक्षबाट डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा […]
काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त सबै सामग्री फिर्ता गरेका छन् । शनिबार राति १२ बजेबाट प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उनले आइतबर आफूले सांसदको हैसियतमा प्राप्त गरेको सबै सामग्री फिर्ता गरेका हुन् । ‘सांसद निर्वाचित भएपछि उहाँले प्रयोग गर्नु भएको रातो पासपोर्ट, संसदको लोगोसहित संसद् सचिवालयमा बरबुजारत गर्नु पर्ने सबै सामग्रीहरू […]
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्नुहुने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको […]
ताप्लेजुङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन […]