कांग्रेस बैठकमा मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा प्रस्तुत

काठमाडौं – नेपाली कांग्रेसको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको हो । सो प्रस्तावउपर सामान्य सुझाव आएको र छलफलपश्चात् पारित हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा […]

एमाले अध्यक्ष ओली र सिपिसीका प्रमुख लिउबीचको भेटवार्तामा के भयो कुरा ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समयमा नेपालको क्षेत्रीय र […]

‘विभेदरहित र मानवअधिकारमैत्री समाज बनाउनुपर्ने’

काठमाडौं – सांसद राज्यलक्ष्मी गैरेले विकृति, विसङ्गतिरहित समाज निर्माणका गरी मानव अधिकारमैत्री र विभेदरहित समाज निर्माणमा ध्यान दिन अग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले नेपालको संविधान र कानुनले हिंसारहित समाजको परिकल्पना गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा मानव अधिकारमैत्री समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । “एकै दिनमा दुई २४ वर्षीय […]

तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उहाँले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा […]

चिनियाँ कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख लीउ र एमाले अध्यक्ष ओली बिच भेटवार्ता (फोटो फिचर)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरिरहनु भएको छ । नेपालको चारदिने भ्रमणमा रहेका लिउ अध्यक्ष ओलीलाई भेट्न केहीबेर अघि ओली निवास बालकोट पुग्नुभएको हो । यसअघि, उहाँले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री […]

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबल गर्नुहुनेछ । जसमध्ये, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो […]

सरकारले एक वर्षमा के गर्‍यो, के गरेन ?

काठमाडौं – २०७८ साल असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति ग¥यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो । आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार पनि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे पुनः बस्ने भएको हो । सोमबारदेखि सुरु भएको बैठकको पहिलो दिनमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डा। प्रकाशशरण महतले स्थानीय […]

के देउवाले शेखरको पछाडी सुराकी खटाएका छन् ?

काठमाडौं – कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफ्नो पछाडि सुराकी खटाएको आरोप लगाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सभापति देउवाले एकलौटी ढंगले पार्टी चलाएको र आफ्नो पछाडि सुराकी खटाएको बताएका हुन् । महाधिवेशन प्रतिनिधिको भावनाविपरीत पार्टी चलाएको उल्लेख गर्दै कोइरालाले भने, ‘महाधिवेशनमा हामीलाई ४० प्रतिशत महाधिवेशन […]

सरकारलाई योगेशको प्रश्न : अब नेपालले कुनै मुलुक र अन्तराष्ट्रिय वित्तिय निकायबाट ऋण नलिने हो ?

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले अब नेपालले कुनै मुलुक र अन्तरास्ट्रिय वित्तिय निकायबाट ऋण नलिने हो भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ नेतासँगको भेटमा प्रम देउवाले चिनबाट ऋण नलिने, अनुदानमात्र लिने भनेको समाचार सार्वजनिक भएको भन्दै उनले यदि यस्तो हो भने सरकारले केही कुरा स्पष्ट पार्न आवश्यक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा