विराटनगर । संघीय सरकारले अध्यादेश मार्फत बजेट ल्याएपछि प्रदेशमा पनि पूर्व छलफल नगरी बजेट आउने आशंका प्रतिपक्षी दलले गरेका छन् । आइतबार विहान प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ सँग प्रतिपक्षी दलका नेताहरुले भेटेर प्रदेशसभा नियमावली र प्रदेश आर्थिक नियमावली अनुसार पूर्व बजेट छलफलबाट मात्रै प्रदेशको बजेट ल्याउनु पर्ने बताए । ‘सरकारलाई प्रदेश सभाबाट बजेट ल्याउने […]
विराटनगर । नेकपा नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिने बताएका छन् । सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने बताएपछि आइतबार सामाजिक सञ्जाल फेसवुकमा लेख्दै भट्टराईले उनले ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि छलफल र विमर्श आवस्यक […]
विराटनगर । यो वर्ष पनि संघीय सरकारले प्रधानमन्त्रीको गृहजिल्ला झापालाई बजेटमा प्राथमिकता दिएका छ । प्रदेश १ का अन्य जिल्लाको तुलनामा झापाका योजना बजेटको प्राथमिकतामा परेको छ । नहर निर्माण, नदिकटान रोक्ने, औद्योगीक पार्क सम्पन्न गर्ने, बहुतले बसपार्कसहित सिटिमहल र रंगशाला निर्माण झापाका लाग प्राथमिकतमा परेका छन् । प्रदेशकै अन्य जिल्लामा निर्माणाधिन योजना सम्पन्न गर्न […]
विराटनगर । खोपका विषयमा प्रदेश १ को मुख्यमन्त्री निवास र सचिवालयलाई समेत जोडेर समाचार आएको भन्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकारले विज्ञप्ति निकाल्दै यसको खण्डन गरेका छन् । आइतबार विहान मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले प्रेस विज्ञप्ति निकाल्दै समाचारमा उल्लेख भएको मुख्यमन्त्री निवासमा खोप लगाउने योजना र मुख्यमन्त्रीको सचिवालयको दबावमा खोप लगाएको भन्ने विषय प्रायोजित […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । […]
काठमाडौं । सरकारले नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब माथि राखेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ मा सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा सरकारले चालु आवमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा आगामी […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई बैठकले स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको हो । उहाँले गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित भएको जिकिर गरेका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संसदलाई कामकाजी बनाउन आफूले विश्वासको मत लिएर र प्राप्त गर्न नसकेको बताए । त्यसबेला विश्वासको मत माग्दा नै प्रतिनिधिसभा विघटन नगर्न आफूलाई मत दिन भनेको स्मरण गराए । उनले संसदले वैकल्पिक सरकार नदिँदा स्वभाविक […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको […]