काठमाडौं – नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठनको गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । ओलीले सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी फिर्ता […]
एजेन्सी- भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको संख्या १३४ पुगेको छ । हाथरस जिल्लाको फुलराई गाउँमा ‘भोलेबाबा’को प्रवचन कार्यक्रम चलिरहेका बेला भागदौड मच्चिँदा मर्नेको संख्या १३४ पुगेको हो । यद्यपि प्रशासनले भने १२१ जनाको नाम सार्वजनिक गरेको छ । प्रवचन सकिएपछि कार्यक्रममा सहभागीबीच अचानक भागदौड सुरु भएको थियो । भागदौडका क्रममा सयौँ […]
काठमाडौं– राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गरे। सचिव अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, […]
काठमाडौं – नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ । ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले […]
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’ उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई […]
काठमाडौं– नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्टार्टअपप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । विभाग प्रमुख कांग्रेस केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला)को नेतृत्वमा मन्त्रालय पुगेको विभाग सदस्यहरुसहितको टोलीले मन्त्री दामोदर भण्डारीलाई मागपत्र बुझाएको हो । स्टार्टअप र लघु, […]
काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले महाधिवेशनबाट पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउने गरी छलफल भएको बताएका छन् । पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउन छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘हामी सहमतिको प्रयासका लागि छलफल जारी गरेका छौं।’ नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ गतेदेखि […]
काठमाडौं– शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू छन् ।
काठमाडौं– पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेसका सांसद एनपी साउदले विभिन्न ११ मुलुकबाट सरकारले राजदूतहरु फिर्ता बोलाउँदा नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएको छन् । प्रतिनिधिसभा बैठकको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन् । […]
काठमाडौं– गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ । बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन् । मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका […]