अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना, पर्वतारोहीलाई फिर्ता र जोखिम क्षेत्रका बस्ती सार्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै […]

प्रदेश १ मा कोरोना : ८९८ संक्रमित थपिदा ३५३ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७८ महिला […]

जनताबाट रकम उठाएर प्रदेश सरकारले ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने !

विराटनगर । प्रदेश १ सरकारले कोरोना महामारीबाट थलिएका प्रदेशबासीबाटै रकम उठाएर स्वास्थ्य कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने र यसका लागि न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न आग्रह गर्ने बताईन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव […]

ताप्लेजुङको सिरिजङ्घामा कोभिड बिरामीलाई निःशुल्क एम्बुलेन्स

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकि अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको हो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सोमबार बसेको गाउँ कार्यपालिकाको […]

प्रदेश १ : पहाडी जिल्लाका संक्रमितलाई झनै पीडा, ७ दिनमा मात्रै आउँछ पीसीआर रिपोर्ट

विराटनगर । ताप्लेजुङ फुङ्लिङ नगरपालीकाका स्थानीय आनन्द श्रेष्ठ कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा नै बसे । अचानक स्वासप्रस्वासमा समस्या देखिएर अक्सिजनको मात्रा घट्न थाल्यो र सिम्रिक एयरको हेलिकोप्टरबाट आइतबार विराटनगर पु¥याईयो । समयमा हेलिकोप्टरले सेवा दिएपछि नोबेल अस्पातालमा उनको अहिले उपचार भइरहेको छ । केही दिन अघि मात्रै दुई जना संक्रमित महिलालाई हेलिकोप्टरबाटै उपचारका लागि […]

ताप्लेजुङ उद्योग वाणिज्य संघले बढायो दैनिक उपभोग्य वस्तुको मुल्य, प्रशासनले काट्यो पत्र

ताप्लेजुङ । कोरोना महामारीले गर्दा ताप्लेजुङमा निषेधाज्ञा थपिदो छ । दैनिक मजदुरी गरेर पेट पाल्नेहरुको जोहो सकिएको छ । बजार पसल निस्चित समय खुल्ने भए पनि अब दैनिक उपभोग्य बस्तु खरिद गर्ने रकम नागरिकमा कम हुँदै छ । तर, यसै समयमा ताप्लेजुङ उद्योग वाणिज्य संघले सोमबार सार्वजनिक गरेको खाध्यान्नको दररेटले गरिव नागरिकको काँध अझै गरुङ्गो […]

कोही पनि भ्रामक र तथ्यहिन आरोपको भ्रममा नपर्नुहोस् : दुर्गा प्रसाई

विराटनगर । झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पताल सँग जोडेर अनर्गल प्रचार भएकोमा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रसाईले अस्पतालको विषयलाई लिएर अनावश्यक रुपमा लगाएका भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गलको पछि नलाग्न सबैलाई आग्रह समेत गरेका छन् । […]

भारतमा कोरोना संक्रमण घट्दै, के होला अब नेपालमा ?

विराटनगर । भारतमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । दैनिक वृद्धिमा दुई साता यता कमी आएको हो । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा झण्डै २७ हजारले कम रहेको बताइएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको […]

यास चक्रवातको प्रभाव नेपालमा पनि, मौसम बदली भई वर्षा सुरु

विराटनगर । प्रदेश १ सहित देशभरका अधिकांश क्षेत्रको मौसम मंगलबार विहानैबाट आंशिकदेखि सामान्य बदली सुरु भएको छ । हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी […]

खनाल–नेपालसहित ११ नेता साधारण सदस्यसमेत नरहने गरी निष्कासन

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । पार्टीबाट निष्कासित […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा