विराटनगर । अस्पतालले उपचार गर्न अस्वीकार गर्दा मोरङको रतुवामाई नगरपालिका १० की कोरोना भाइरस संक्रमित एक महिलाले आत्महत्या गरेकी छन्। मिर्गौलाको पुरानै समस्या रहेकी ४० वर्षीया महिलाले आत्महत्या गरेकी हुन्। स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि कात्तिक ८ गते विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। गत असारबाट नियमित डायलासिस गराउँदै आएकी बिरामी थिइन्। […]
विराटनगर । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने छन् । नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् । नरावणेले भने बुधबारबाट हुने […]
विराटनगर। कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धमा देखिएका समस्या, बीमा दाबी भुक्तानी कार्यलाई सरल र सहज बनाउने सन्दर्भमा आज अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा सरोकारवाला सँग छलफल भएको छ । छलफलबाट बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दावी गरेका विमितहरुको एऋच् परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएको अवस्थामा वीमालेख वमोजिम प्रदान गरिने बीमाङ्क रकम […]
विराटनगर । प्रदेश १ मा मंगलबार ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय २० जनामा संक्रमण […]
अर्घाखाँची । कोरोना संक्रमण पछि मृत्यू भएका एक व्यक्तिको शव गाडेको स्थानबाट ५ महिना पछि झिकेर पुनः दाहसंस्कार गरियो भन्ने सुन्दा अचम्म लाग्ला । तर, अर्घाखाँचीमा यस्तै भएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि उनमा […]
विराटनगर । प्रदेश १ मा सोमबार २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, […]
विराटनगर । संखुवासभाको मकालु गाउँपालिका ५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । उक्त स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजनाका कार्यरत सिमरा जितपुर उप महानगरपालिका बस्ने ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो । आईतवार राती ११ बजे फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्कदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर […]
विराटनगर । मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् । रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पुजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् । कोजाग्रत पुर्णिमाको दिन बङ्गाली समुदायले लक्ष्मी पुजा गर्ने र सो रात जागरम समेत बस्ने भएकाले त्यस दिन छरछिमेक भेला भएर […]
विराटनगर । विराट मेडिकल कलेजले उपचारका क्रममा लागेको खर्च नतिरेको भन्दै एक कोरोना संक्रमितको शव परिवारलाई दिएको छैन । तीन दिनसम्म पनि कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव आफन्तलाई अस्पतालले नबुझाएको हो । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर ३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव उपचारमा लागेको शुल्क नतिरेको भन्दै […]
विराटनगर । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको आइतबार साँझ मृत्यु भएको छ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो। कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार उपचारकै क्रममा वृद्धको मृत्यु भएको […]