विराटनगर, ४ कात्तिक । प्रदेश १ मा मंगलबार हाल सम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । मंगलबार ८ सय ७० जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार थपिनेमा सुनसरीमा ४ सय ४९, मोरङमा ३ सय ३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र तेह्रथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर […]
विराटनगर । प्रदेश १ का बिभिन्न तीन जिल्लाबाट प्रहरीले ढुलो परिमाणमा भन्सार छलेका सामान बरामत गरेको छ । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट सोमबार लाखौँ मुल्यका अबैध रुपमा नेपाल भित्र्याएका सामान बरामत गरेको हो । मोरङका बिभन्न स्थानबाट भन्सार छली गरी लुकाई छिपाई ल्याएको करिब ११ लाख मूल्य बराबरको सामानहरु बरामत गरेको जिल्ला प्रहरी […]
विराटनगर । गायिका मेनुका पौडेल नवरात्रको अवसर पार्दै दुर्गा भजनको भिडियो लिएर आएकी छिन् । मंगलबार यूटुवबाट सार्वजनिक गरिएको ‘हे नवदुर्गा’ नामक भजनमा मेनुकालाई पंडित कुवेर सुबेदीले साथ दिएका छन् । भजनको शब्द समेत कुवेरकै रहेको छ । झापाको चारआली स्थित पाउ पाथीभरामा छायांकन गरिएको उक्त भजनको भिडियोमा गायक, गायिका मेनुका र कुवेर सँगै नौ […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारलेनै गर्ने बताएको छ । संघीय सरकारले संक्रमित आफैले उपचार गर्नुपर्ने बताई रहँदा प्रदेश १ सरकारले भने आफ्ना नागरिको खर्च हाल सम्म आफै बेहोरेको र अब पनि उपचार निशुल्क नै गर्ने जनाएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार […]
काठमाडौँ । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या सोमबारसम्म ४ करोड नाघिसकेको छ । यो संख्या सोमबारसम्म ४ करोड ३ लाख २५ हजार भन्दा बढी छ । पृथ्वीको उत्तरी गोलार्धमा जाडो मौसम बढेपछि यो संक्रमण झन् फैलनसक्ने विज्ञहरुले बताएका छन् । रोयटर्सका अनुसार विश्वभर संक्रमितको संख्या ३ करोडबाट ४ करोडसम्म पुग्न जम्मा ३२ दिन लाग्यो । अर्थात् […]
काठमाडौँ । कोरोना महामारीकाबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिने भएको छ । पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायतका केही प्रदेशमा कोरोना महामारीले ७ महिनाअघि बन्द गरिएका विद्यालय तथा रेल सेवा आज सुरू गर्न लागिएको छ । मुम्बईमा बिहान साढे ८ देखि बेलुका साढे ८ बजेसम्म रेल सञ्चालनको अनुमति दिइएको छ । तर, यात्रुले अनिवार्य […]
काठमाडौँ । नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि […]
विराटनगर । प्रदेश १ मा आइतबार ४७४ जना कोरोना संक्रमित थपिए छन् । मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको […]
सुनसरी । सुनसरी दुहबी २ का ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार विहान ११ बजे खनार स्थितमा घरको ईट्टा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला […]
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन तथा अवलोकन गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । पाथीभरामा दर्शनार्थीको आवत जावत बढेसँगै जिल्लामा कोरोना संक्रमण बढ्ने भएकाले तत्कालका लागि दर्शन तथा अवलोकन गर्न प्रतिबन्ध लगाएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार यो प्रतिबन्ध अस्थाई हो र कोरोना संक्रमण घटे र सहज बनेसँगै […]