बाईकको पछाडी बसेर साथीको घाँटी रेट्ने मनकुमार जेल चलान

बिर्तामोड । मोटरसाइकलको पछाडी बसेर आफ्नै साथीको घाँटी रेट्ने झापाका मनकुमार लिम्बु कारागार चलान भएका छन् । शिवसताक्षी –८ का लिम्बुले आफ्नै साथीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए । आर्थिक कारोवारका कारण हत्या गरेका लिम्बू कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले विहीबार जिल्ला कारागार भद्रपुर चलान गरेको जिल्ला प्रहरीका झापाले जनाएको छ । […]

विमानस्थल विकासमा संघिय सरकारले गर्यो पहिलोपटक प्रदेशसँग समझदारी

काठमाडौं । सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश सरकार बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघीय सरकार र प्रदेश सरकार बीच यो नै विमानस्थल निर्माणको लागि पहिलो पटक समझदारी पत्रमा हस्ताक्षर भएको हो । विहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, […]

विद्यालय शिक्षाको सुधार अब प्रविधिबाट : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोडदिएका छन् । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए । सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साँझेदारीमा सञ्चालित सूचना प्रविधिसंवन्धि अनलाईन शिक्षक तालिमको बुधबार शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका […]

प्रदेश १ मा बुधबार १ सय ८२ संक्रमित थपिए, २४ घण्टामा ३ जनाले गुमाए ज्यान

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष र मोरङकी १ महिलाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बुधबार १ सय ८२ संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा […]

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

सुनसरी । सुनसरी हरिनगरा ४ का ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । गएराती उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरा स्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकले किचेर मण्डलको मृत्यु भएको जिल्ला […]

यूएईमा आईपीएल, विराटनगरमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ

विराटनगर । विराटनगरबाट ठुलो रकमको जुवा वा सट्टेबाजी खेलाउनमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ठुलो रकम राखी सट्टेबाजी खेल खेलाएको आरोपमा विराटनगर १५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर १७ का ४२ बर्षीय जगदिश साहलाई प्रहरीले पक्राउ गरेको […]

बली दिन भारत लैजाँदै गरिएकी किशोरी बाटैबाट फुत्किइन्, सीमाबाट प्रहरीले गर्‍यो उद्दार

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव […]

कोरोना संक्रमित एक पुरुषको धरानमा मृत्यु

धरान । धरानमा थप एक कोरोना संक्रमितको मृत्यू भएको छ । सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार विराटनगरको विराट मेडिकल कलेजबाट कोरोना संक्रमण पुष्टि भएर रिफर गरिएका उनमा ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा १४ […]

कानेपोखरीका वडा अध्यक्षलाई कोरोना पुष्टि, वडा कार्यालय सील

पथरी, मोरङ । मोरङको कानेपोखरी गाउँपलिका २ का वडाध्यक्षमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । उनको गत आइतबार पीसीआर टेष्ट गरिएको थियो । गाउँपालिका उपाध्यक्ष सहित २४ जनाको टेष्ट गरिएकोमा उनको रीपोर्ट पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ प्रमुख रोहिन्द्र श्रेष्ठले बताए । यस्तै कानेपोखरी गाउँपालिका ५ की वडा सचीवका श्रीमानलाई पनि कोरोना पोजेटिभ […]

झापाको बिर्तामोडबाट ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । झापाको बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन (ब्राउनसुगर)सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा