काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जितिया पर्वका अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै उनले नेपाल बहुजाति, बहुभाषा बहु सांस्कृतिक र मौलिक पर्वका कारण पृथक भएको बताए । उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई एकतामा मजबुत बनाउँन सक्ने […]
विराटनगर । विराटनगर महानगरपालिका २ का वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष कुमार पोखरेलमा संक्रमण पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताएका छन् । उनी होम आइसोलेशनमा बसेका छन् । यस्तै थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा […]
काठमाडौं । जितिया पर्वो आज मुख्य दिन । तराई क्षेत्रमा मैथिली र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने पर्व हर्षोल्लासका साथ मनाइन्छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म मनाईने यो पर्व कोरोना महामारीका कारण यस वर्ष खासै उल्लासमय छैन । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने गरिएको थियो । यस वर्ष […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका प्रतिनिधि, स्थानीय तहका प्रमुखको सुझाव तथा गृहमन्त्रालयसँगको परामर्शसहित जनजीवनलाई सहजीकरण गर्दै नयाँ आदेश जारी गरेको छ । सङ्क्रामक रोग ऐन २०२० र […]
काठमाडौं । विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो । यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु […]
काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली भएको छ । मौसममा भएको बदलावसँगै अहिले देशभरका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ […]
काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ। अब उपत्यकामा १६ सिट भन्दा माथिका सार्वजनिक सवारी पनि चल्ने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०ले उपत्यकामा निषेधाज्ञा केही खुकुलो पर्ने निर्णय गरेका हुन्।मंगलबार र बुधबार सुरक्षा अधिकारी र गृहमन्त्रालयसँगको परामर्शमा तीनै सीडीओ कार्यालयले नयाँ आदेश जारी गरेका हुन्। […]
भोजपुर । भाजपुरमा देवरको कुटाईबाट भाउजुको मृत्यू भएको छ । घरायसी विवादमा टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि केशरमायाको मृत्यु भएको हो । गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए । ज्यान जोगाउने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले […]
विराटनगर । प्रदेश १ मा बुधबार एकैपटक १ सय ५५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । मोरङमा ८० सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । एक हजार तीन सय ७० जनाको पीसीआर परीक्षण गरिँदा ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने बताइएको छ। अहिलेसम्मको स्थिति मूल्यांकन गर्दा कुलमान घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ। कुलमान घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याउने गरी मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको प्राधिकरण उच्च स्रोतले बताएको छ। यही बिहीबारको मन्त्रिपरिषद् बैठकमा घिसिङको नाम प्रस्ताव […]