गोकुल बास्कोटाको ‘घुसकाण्ड’ खुलासा गर्ने मिश्रलाई खोज्दै अख्तियार

काठमाडाैं । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड ‘घुस बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर बोलाएको छ । बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै अख्तियारले कमिसनको मोलमोलाईबारे केही बुझ्नुपर्ने भएकाले उपस्थित हुन सूचना जारी गरेको छ […]

पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदमा १३ जना

विराटनगर । प्रदेश १ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषदको सदस्यमा १३ जना प्राज्ञिक परिषद सदस्य मनोनीत भएका छन् । उपत्यका बाहिर नाम चलेका मध्येका एक वीरगंजका प्राध्यापक डा. दीपक शाक्य सहित विभिन्न क्याम्पसका प्राध्यापकहरुलाई परिषद सदस्यमा मनोनयन गरिएको छ । यो पटक विभिन्न क्षेत्रका ज्ञाताका रुपमा रहेका सबैलाई समेटेर सदस्य मनोनयन गरिएको प्रत्यक्ष अनुभुती […]

यस्तो होस समाज, कोरोना जितेर फर्कदा फुल दिएर स्वागत

विराटनगर । कोरोना संक्रमण जितेर घर फर्कदा समेत समाजले दुव्यवहार गरेको घटना सुन्दा २१ दिन सम्म आईसोलेशनमा बसेर डिस्चार्ज भएका विराटनगर १२ का किशोर धमलालाई कसरी घर पुग्ने ? समाजले के भन्नला ? भन्ने पीरलो मनभरी थियो । यसै पीरले उनलाई कोरोना जित्दा खासै उत्साह थिएन समाजलाई समेत जित्नुपर्ने चुनौती उनले सम्झिएका थिए । तर, […]

आजको मौसम : पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशका पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र […]

एकै दिन ५ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान, कती नेपाली फर्किए ?

काठमाडौं । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ। यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् । एक यात्रु भने नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ । सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु […]

ताप्लेजुङमा चट्याङ लागेर दुर्गाको मृत्यू

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ् लागेर एक महिलाको मृत्यू भएको छ । मंगलबार दिउँसो परेको चट्याङ् लागेर फुङ्लिङ नगरपालिका १० की ३० वर्षिया दुर्गा विष्ट भट्टराई को मृत्यू भएको हो । चट्याङ लागेर घाईते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्टले जानकारी दिए ।

फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरमा १०७ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । मंगलवार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा २ दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ । मंगलवार […]

पाँचथर कारागारका एक बन्दीलाई कोरोना पुष्टि

पाँचथर । पाँचथरका एक बन्दीलाई कारोना संक्रमण पुष्टि भएको छ । जिल्ला कारागारमा रहेका फिदिम नगरपालिका ६ का ४० वर्षीय पुरुषलाई संक्रमण देखिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेका उनलाई पुर्षक्षका लागि पाँच दिनअघि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्ष सिद्धराज न्यौपानेले जानकारी दिए । कारागारमा उनीसँग तीनजनालाई क्वारेन्टाइनमा […]

इलाममा पहिरोले खस्यो, मेची राजमार्ग अवरुद्ध

झापा । सोमबार राती इलाममा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्र्तगत इलामको रोङ गाउँपालिकाको जोरकलस–कुटीडाँडा खण्डमा पहिरो खसेको हो । गएरातिको भारी बर्षाका कारणका पहिरो खसेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले जानकारी दिए । उनले राजमार्गमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन खाल्डो पारेकाले पहिरो गएको बताए । […]

ओरीयन्स कम्पनीको सामान समाउदै झापा प्रहरी

झापा । झापाको शिवसताक्षी नगरपालिका ८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ । सोमबार दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा