काठमाडौं । विद्यालय सञ्चालन नभएको अवस्थामा शुल्क नतिर्ने अडान राखेका अभिभावकले अबदेखि शुल्क तिर्नुपर्ने भएको छ । वैकल्पिक माध्यमबाट आफ्ना छोरोछोरीले नियमितरुपमा कक्षामा सहभागी गराए पनि शिक्षा मन्त्रालयलको निर्देशन भन्दै शुल्क तिर्न अटेर गरेका थिए । अभिभावकले शुल्क नतिरेका कारण अधिकांश विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् । ६ महिनादेखि घरभाडासमेत तिर्न नसकेका केही […]
काठमाडाैं । पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ। ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित नगर प्रहरी प्रमुखमा नियुक्त गरिएको हो। हाछेथू २०७५ मंसिरमा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए।
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण आइतबार एकै दिन १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चार महिला समेत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अनुसार यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २२१ […]
विराटनगर । प्रदेश १ मा आइतबार कोरोना भाइरसका ९५ जना नयाँ संक्रमित थपिएका छन् । एक हजार एक सय ७६ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । परीक्षण गरिएकामध्ये एक हजार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार (आज) प्रदेश १ मा भारी वर्षाको संभावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ मा यो उच्च रहने बताईएको छ । विभागका अनुसार आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन […]
विराटनगर । विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्ध पुरुषको शव परिवारले बुझेर दाहसंस्कार गर्न लैजाँदै गर्दा पीसीआर परीक्षण रिपोर्ट शनिबार दिउँसो पोजिटिभ आएको हो। त्यतिबेला परिवारका सदस्य र आफन्तले शव मोरङको कानेपोखरी पुर्याइसकेका थिए। सुरुमा […]
विराटनगर, १३ भदौ । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ […]
पोखरा । काँस्कीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यू भएको छ । पोखरा १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
काठमाडौं । भक्तपुरको सूर्यबिनायकमा निषेधाज्ञाका कारण बिक्री नभएपछि दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् । किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए […]
विराटनगर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ४९ लाख २८ हजार ७८१ पुगेको छ । विश्व स्वास्थ्य संगठनले शनिबार दिएको जानकारी अनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जनाको मृत्यु भएको छ। शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त […]