कोरोनाबाट थप तीनको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

काठमाडाै । कोरोना संक्रमणबाट नेपालमा थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंकी ५८ वर्षीया महिला, रौतहटका ३२ वर्षीय पुरुष […]

कोरोना कहर : झापाको शिवसताक्षी नगरले आंशिक लकडाउन गर्ने

झापा (झिलझिले) । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शिवसताक्षी नगरले पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । बिहान ८ बजे देखी दिउसो १ बजे सम्म आंशिक रुपमा बजार खुल्ला गरेपनि सवारी साधनमा आवत जावतमा भने पुण रोक लगाएको छ । पालिकाले दिएको समय बाहेक पसल खोले, सडकमा आवत जावत गरे, विनाकाम घर बाहिर […]

एसईईको नतिजा आज सार्वजनिक हुँदै, बोर्ड बैठक जारी

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड्ले माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने बिसयमा अहिले बोर्ड बैंठक बसिरहेको छ। बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर, कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक बिद्यालयलाइ बिद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन […]

कोशी कोभिड १९ उपचार केन्द्रमा लक्षण देखिएका संक्रमितलाई प्राथमिकता दिईने

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताए । उनले भने, ‘लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता […]

प्रदेश १ मा कोरोना : सोमबार ८३ संक्रमित थपिए, कुन जिल्लामा कति ?

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा सोमबार २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, […]

विराटनगर भन्सार छिर्यो कोरोना, चार कर्मचारीमा कोरोना पृष्टि

मोरङ । प्रदेश १ को मुख्य नेपाल–भारत नाका विराटनगर भन्सारमा कार्यरत चार कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार पिसिआर परीक्षण गरिएका कार्यरत बीस कर्मचारीमध्ये चारजनालाई कोरोना संक्रमण भएको हो । उनीहरूको अवस्था सामान्य रहेको र सबैजना आइसोलेसनमा बसिसकेको भन्सार कार्यालयले जनाएको छ । ‘हाइरिस्क’मा बसेर काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण पाइएपछि विराटनगर भन्सारमा थप […]

इलामको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । उनलाई आइतबार बिहानदेखि […]

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीलाई केयूको गोप्य पत्र, के छ पत्रमा ?

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी सो पदमा रहन अयोग्य हुने भन्दै अदालतमा पुगेको मुद्धा विचाराधिन छ । भदौ २ गते मंगलवार उनलाई अदालतमा जवाफका लागि बोलाइएको छ । सर्वोच्चका न्यायाधिश हरिकृष्ण कार्कीको इजलासले पदमा रहन आवश्यक पर्ने शैक्षिक प्रमाणपत्र पनि पेश गर्न भनेको छ । गिरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगका […]

इलाममा क्वारेन्टाईन बसेका २२ बर्षीय पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आई गत २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका ती पुरुषको गएराती मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती […]

सरुवा सुरक्षाकर्मी र कर्मचारीसँगै भित्रियो संक्रमण

ओखलढुंगा । सरुवा भएर आउने सुरक्षाकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको छ। कर्मचारी आवतजावत तथा सरुवा नरोकिँदा संक्रमण समुदायस्तरमा फैलने जोखिम बढेको छ। तराई तथा तीव्र संक्रमण फैलिइरहेका क्षेत्रबाट आउनेमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका छन्। तराईबाट सरुवा भएर ओखलढुंगा र खोटाङ आएका ७ जना प्रहरीमा संक्रमण देखिएको छ। ओखलढुंगामा १ र खोटाङमा ६ जना […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा