सिन्धुपाल्चोकमा पहिरो, १३ घर पुरिए, ५ घरका परिवार सम्पर्क विहिन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो। ‘१३ घर केही नदेखिने गरी पुरिएको छ’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘५ घरका परिवार सम्पर्कमा छैनन्।’ नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्‍ने स्थानमा गएर […]

होसियार ! कुखुराको मासुमा भेटियो कोरोना भाइरस

बेइजिङ । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी […]

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

विराटनगर । मोरङको कोशी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएका उनलाई बुधबार राति २ बजे अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले […]

कुन कुन रोगका बिरामीले काउली खानु हुँदैन

विराटनगर । अहिले बजारमा काउली पाउन थालेको छ । प्रायः जाडो मौसममा पाइने काउली बेमौसमी तरकारीका रुपमा अन्य मौसममा पनि पाइने गरिन्छ । काउलीको तरकारी धेरैलाई मनपर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदाजनक छ । तर यहि काउलीका बेफाइदा पजि छन् । काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको […]

मजदुरको पीसीआर टेस्ट गराउन भनेपछि मोरङका उद्योग बन्द

विराटनगर । स्थानीय तहले पीसीआर परीक्षण गराएर मात्र मजदुर, कर्मचारीलाई काममा लगाउन भनेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन् । उद्योगले मजदुर, कर्मचारीको कोरोना परीक्षण आफ्नै खर्चमा गराउनुपर्ने र पोजिटिभ देखिए आफैंले व्यवस्थापन पनि गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि उद्योग नै बन्द गर्नुपरेको सम्बद्ध पक्षको गुनासो छ । अधिकांश भारतीय कामदार कार्यरत बूढीगंगा १ स्थित […]

प्रधानमन्त्री ओलीलाई हत्या गर्न सार्प सूटर आउँदै भन्ने स्टाटस लेखेका सुनील शर्मा पक्राउ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर अफवाह फैलाउने सुनील शर्मा पक्राउ परेका छन्। आफूलाई पत्रकार भन्नेर चिनाउने शर्मालाई काठमाडौंबाट प्रहरीले बिहीबार पक्राउ गरेको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘सामाजिक सञ्जालमा अफहवा फैलाउने विराटनगरका सुनील शर्मालाई हामीले पक्राउ गरेका छौं।’ नेपाल र भारतबीच सीमा विवाद भइरहेका बेला शर्माले […]

रुकुम घटना : मृतक परिवारलाई प्रतिपरिवार रु १० लाख राहत

रुकुम । सोती घटना छानबिन संसदीय विशेष समितिको सिफारिसअनुरुप पश्चिम (रुकुम) सोती घटनाका मृतक परिवारलाई सरकारले प्रतिपरिवार रु १० लाख राहत दिने निर्णय भएको छ । यही साउन २६ गते सोमबारको मन्त्रिपरिषद् बैठकले सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार उक्त राहत रकम दिने निर्णय गरेको थियो । गत जेठ १० गते पश्चिम(रुकुम)को चौरजहारी […]

संक्रमित बढेपछि विराटनगरमा एक साता थपियो ‘लकडाउन’

विराटनगर । कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै विराटनगर महानगरपालिकाले ‘लकडाउन’को अवधि एक सातालाई थप गरेको छ। महानगरले यसअघि साउन १६ गतेबाट दुई सातालाई ‘लकडाउन’ गरेको थियो। शुक्रबार अघिल्लो ‘लकडाउन’ को समयअवधि सकिँदै गर्दा महानगरको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बिहीबार बसेको बैठकले पुनः एक साता ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। पहिलो पटक ‘लकडाउन’ गर्दा […]

इञ्जाले पत्रकार वानिंयाको परिवारलाई १ लाख सहयोग दिने

न्युर्योक । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जां) ले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार वलराम वानियाको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । वरिष्ठ पत्रकार वानियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उहांको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको […]

इटहरीमा एकै दिन थपिए १३ कोरोना संक्रमित

इटहरी । इटहरी उपमहानगरपालिकामा १३ जना कोरोना संक्रमित थपिएका छन्। नगरपालिकाले विभिन्न मितिमा शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा १३ जनाको रिपाेर्ट पोजेटिभ आएको नगरपालिकाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। नगरले भीडभाड हुने स्थान र त्यहाँ जाने शंकास्पद व्यक्तिको काेराेना परीक्षण गरेको थियो। इटहरीमा संक्रमितको संख्या ४६ पुगेको छ। बिहीबार इटहरीको बडा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा