कक्षा १२ को परीक्षा विधिमै बहस, स्नातक पढ्न बाटो खोल्ने तयारी

काठमाडौँ  । कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो […]

आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदै

काठमाडौं । आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । ‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः […]

भदौ १ देखि हुने भनिएको अन्तर्राष्ट्रिय उडानमा रोक

काठमाडौं । सरकारले भदौ १ गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणको साटो थप बढ्दै गएपछि सरकारले यसअघिको निर्णय पुनर्विचार गर्दै उडान नखोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सीमा नाका र उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । नाकाबाट […]

ज्वाईलाई कोरोना लागेपछि ससुराली गाउँ पाँचथरको नवमीडाँडामा सरकारी सेवा बन्द

पाँचथर। ससुराली गएर फर्केका शशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण भेटिएपछि पाँचथरको फाल्गुनन्द गाँउ पालिका १ नवमीडाँडा स्थित एकै परिवारका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । एकसाता अघि ससुराली घर गएर फर्केका ती जवान सहित साउन २३ गते इलाम स्थित शसस्त्र प्रहरी गणका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नवमीडाँडाका ४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । […]

प्रदेश १ मा कोरोना : ४२ नयाँ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार कोरोना भाइरसका ४२ जना संक्रमित थपिएका छन्। मोरङका १६, सुनसरीका १४, झापाका नौ, खोटाङ, धनकुटा र प्रदेश १ बाहिरका एकरएक जनामा सोमबार कोरोना देखिएको हो। प्रदेश १ मा एक हजार छ सय एक जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएकोमा ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। […]

गौतम बुद्ध विमानस्थल चालु आर्थिक वर्षमै ‘अन्तर्राष्ट्रिय’ प्रमाणीकरण होला ?

काठमाडौं । सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चालु आर्थिक वर्ष २०७७/०७८ भित्रै अन्तर्राष्ट्रिय विमानस्थल प्रमाणीकरण गर्ने भएको छ। विमानस्थल निर्माणको काम गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९१ प्रतिशत भइसकेको छ। निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सरकारले चालु आवभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थल सञ्चालनको तयारीका लागि […]

मोरङमा जिल्ला न्यायाधीशलाई संक्रमण, अदालत तीन दिन बन्द

विराटनगर । जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए । यस्तै विराटनगरको नोबेल […]

भुटानी शरणार्थीको माछा मार्ने क्रममा डुबेर मृत्यु

विराटनगर । माछा मार्ने क्रममा डुबेर मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा बस्दै आएका भुटानी शरणार्थी ६३ वर्षीय डम्बरसिंह राईको मृत्यु भएको छ। पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका राई आइतबार बिहान माछा मार्न भन्दै जाल बोकेर घरबाट निस्किएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए। साँझसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए। हातमा माछा […]

आज साउन महिनाको अन्तिम सोमबार, भगवान शिवको पूजा आराधना गरिँदै

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड छ । अधिकांश मन्दिरहरु बन्द हुँदा श्रद्धालु भक्तजनले घर-घरमै पूजा गरी मनाउँदैछन् । आजका दिन विगतका वर्षमा […]

मन्त्रिपरिषद् बैठक आज बस्दै, कोरोना नियन्त्रणका लागि नयाँ नियमहरुमाथि छलफल हुने

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि यसबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुने भएको हो । एक मन्त्रीका अनुसार आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टरले गरेका विभिन्न सिफारिसमाथि आज मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको हो । सिसिएमसीको हिजोको बैठकमा काठमाडौं आवतजावतमा कडा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा