तमोर नदिले बगाएर ताप्लेजुङका शुक्रबिर बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ का १५ वर्षिय शुक्रबिर लिम्बु तमोर नदिमा बेपत्ता भएका छन् । शनिबार दिउँसो १२ बजे साथीहरुसँग तमोर नदिमा पौडी खेल्न गएका शुक्रबिरलाई नदिले बथाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शिवाबाट प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला […]

पुलबाट खोलामा हामफालेकी युवतीलाई सशस्त्र बचाएले

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित डण्डाखोलाको पुलबाट हामफालेकी एक युवतीलार्य सशस्त्र प्रहरीको टोलीले उद्धार गरी बचाएको छ । पुलबाट हामफालेकी सोहीकी २७ बर्षीया पबित्रा अधिकारीलाई सशस्त्रको टोलीले जीवितै उद्धार गरेको हो । उनले साउन २४ गते पुलबाट हाम्फालेकी थिइन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको […]

काठमाडौको टोखा विभत्स हत्या, टाउको र खुट्टा झोलामा, शरीर सुटकेशमा

काठमाडौं । टोखा नगरपालिका १० मा हत्या गरेर फालिएका एक पुरुषको शव टुक्रा टुक्रा अवस्थामा फेला परेको छ। अन्दाजी ४५ वर्षका ती पुरुषको शव खुट्टा र टाउको छिनाएको अवस्थामा भिन्दाभिन्दै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले जानकारी दिए। उनका अनुसार टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको छ भने शरीर सुटेकशमा प्याक गरेर […]

साउनभित्रै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउनुपर्ने

काठमाडौं– सामाजिक सुरक्षा भत्ता परिचयपत्र साउन महिनाभित्रै नवीकरण गराउनुपर्ने भएको छ। अघिल्ला वर्षहरुमा मंसिर महिनादेखि नवीकरण प्रक्रिया सुरु हुने गरेकाे भए पनि यो वर्षदेखि साउन महिनाभित्र नै नवीकरण गराइसक्नुपर्ने भन्दै स्थानीय तहहरुले सूचना जारी गरेका छन्। लाभग्राहीहरुको परिचयपत्र नवीकरण तथा नयाँ निवेदन संकलन गर्ने कार्य सामाजिक सुरक्षा ऐन २०७५ र नियमावली २०७६ जारी भएपछि स्थगित […]

होम आइसोलेसनमा बस्न बेग्लै मापदण्ड तयार, यस्ता छन् अनिवार्य पालना गर्नुपर्ने नियम

काठमाडौं । होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि सरकारले मापदण्ड तोकेको छ । संक्रमित व्यक्ति घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त […]

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा

काठमाडौं। हाल देशका अधिकांश भू-भागहरूमा समान्यदेखि पूर्ण बदलीका साथ प्रदेश १ र २ का थोरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भने भारी वर्षा भइरहेको छ। मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको छ। यो रेखा विस्तारै […]

अवैध सुनसहित विराटनगरमा एक पक्राउ, सुनको मुल्य २३ लाख

विराटनगर । भारतसँग सीमा जोडिएको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजान लागेको सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बलको बिओपी बखरीको टोलीले दुई सय ६७ ग्राम सुनको चक्कीसहित गुप्तालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ […]

विराटनगरमा कोरोना : एउटै वडाका ११ सहित २२ संक्रमित थपिए

विराटनगर । विराटनगरमा एउटै वडाका ११ जनासहित २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबारराति प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार विराटनगर महानगरपालिका–९ का ११ जनामा संक्रमण देखिएको छ । विराटनगर–१५ का एक, १४ का दुई, १२ का एक, ११ का एक, १० का दुई, ६ का एक, ३ का दुई जनामा कोरोना देखिएको छ […]

पाँचथरमा हावाहुरीबाट मकै सोत्तर

पाँचथर । तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ । यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन् । हावाहुरीबाट फालेलुङको वडा नं ३, ४, ५ र ६ को ठूलो क्षेत्र […]

पोखरामा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा