काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अस्वभाविक भीडका बीच भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य १० जना घाइते भएका छन् । नयाँ दिल्लीको लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले हिजो साँझ रेलवे स्टेशनमा हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको पुष्टि गरिन् । […]
काठमाडौं । क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुहरुमा अमेरिकाले २५ प्रतिशत कर लगाएको छ । चीनबाट आयात हुने सामानहरुमा भने अमेरिकाले १० प्रतिशत भन्सार शूल्क लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउन आदेश दिनुभएको हो । क्यानडाका अन्य […]
काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । जसमध्ये २५ जनाको सनाखत भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन् । […]
काठमाडौं । गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ । गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू यो घानमा पर्ने भएका हुन् । अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कका अनुसार अगामी ६ महिनाभित्र […]
काठमाडौं । भारतका विदेश मन्त्री एस. जयशंकरले गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका भारतीयहरूलाई स्वदेश फिर्ता गर्न तयार भएको बताएका छन् । भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले ‘वैधानिक फिर्तिको लागि खुला’ भएको बताएका छन् । जयशंकरले अमेरिकी समकक्षी मार्को रुबिओलाई यो जानकारी दिएको पनि बताएका छन् । सोमबार अमेरिकाको ४७ औँ राष्ट्रपति चयन भएका डोनाल्ड ट्रम्पले […]
काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । यो घटनामा मृत्यु भएका १३ जनामध्ये […]
प्रयागराज । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ । यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दू धर्मावलम्बीहरूले भारतको […]
काठमाडौं । याला हिमनदी खुम्चिँदै गइरहेको छ । सन् २०४० को दशकसम्ममा यो पूरै गायब हुनसक्ने भनिएको छ । ग्लोबल ग्लेसियर कजल्टी लिष्टमा समावेश भएको यो सम्पूर्ण हिमालयको एक मात्रै हिमनदी हो । ग्लोबल ग्लेसियर कजल्टी लिष्ट राइस युनिभर्सिटी, युनिभर्सिटी अफ आइसल्यान्ड, विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ), विश्व हिमनदी निगरानी सेवा र युनेस्के मिलेर २०२४ मा […]
काठमाडौं । ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो । नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो । ताइवान फायर डिपार्टमेन्टका […]
एजेन्सी । अमेरिकामा टिकटक पुनः चल्न थालेको छ । टिकटकले अमेरिकामा आफ्नो सेवा करिब १२ घण्टा बन्द गरेको थियो । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा टिकटकले पुनः सेवा सुरु गरेको हो । ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएका थिए । उक्त आवश्वासनपछि कम्पनीले पुनः सञ्चालनको निर्णय लिएको हो । टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत […]