विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने

काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो । सडक विभागमार्फत् परिचालन हुने यो सहायताबाट रणनीतिक सडक विस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ । नेपाललाई दिने वित्तीय सहायता […]

आज विदेशी मुद्रा कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह भोजपुरका अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल अलैँची व्यवसायी महासङ्घको पहलमा किसानको समस्या खोजी भइरहेको महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताए । किसानको अलैँची बगानमा […]

ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न अर्थमन्त्री समक्ष याेगेशकाे माग

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न माग राख्दै सरकारकाे ध्यानाकर्षण गरेका छन् । भट्टराईले बिहीबार उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई भेटी सम्बन्धित निकायलाई ताप्लेजुङमा कार्यालय स्थापनाका लागि निर्देशन दिन माग गरे । ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने […]

ताप्लेजुङमा नै करदाता सेवा कार्यालय चाहियो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा नै करदाता सेवा कार्यालय स्थापना हुनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने बाध्यता रहेको उल्लेख गरे । उनले करदातालाई सहजताका लागि र व्यवसायीको हौसला बढाउनका लागि पनि […]

अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ […]

सुन तस्करी काण्डमा ५ वर्ष जेल बसे, निस्किएपछि २५ करोडसहित पुनः ससमातिए

काठमाडौं । काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको छ । ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँसहित उनलाई गएराति प्रहरीले टोखा नगरपालिका-२ झोरबाट पक्राउ गरेको थियो । लामा सिन्धुपाल्चोकको […]

चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा

इलाम । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी […]

सगरमाथामा बन्नेभयो केबलकार, पदयात्रालाई समस्या नपर्ने

काठमाडौं । देशभर केबलकार विस्तारको लहर छ । ताप्लेजुङको पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएको छ । तर, अनेक भ्रम फैलाउँदै ‘नो केबलकार समूह’ ले विरोध गरिहेको छ । उनीहरू भन्छन्, ‘बरु सगरमाथामा बनाउनु नि केबलकार !’ ताप्लेजुङको समृद्धिमा थप टेवा पुर्‍याउन निर्माण हुने केबलकारको विरोध गर्नेले व्यंग्य गर्दै भनेको यो कुरा […]

केबलकार निर्माणको विरोधले घटे तीर्थयात्री, फागुनमा पाथीभराको भेटी १३ लाखमात्रै

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख तीन हजार पाँच सय भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा