काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले मदन भण्डारी सडक मार्ग (वसन्तपूर–गुफा–ढुंगेसाँघु–दोभान)को स्तरोन्नतिका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर भट्टराईले यो सडक खण्ड ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाबाट धनकुटा, धरान, इटहरी र विराटनगरसम्म आवत–जावतका लागि सहज र भरपर्दो […]
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन । नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात […]
इलाम । इलामको जस्जबीरेमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा गए राति आगलागी भएको छ । आगलागीबाट करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट उद्योगका सबै मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । मंगलबार साँझ उद्योगमा अचानक आगो लागेको थियो भने आगलागीको कारण खुल्न सकेको छैन । यस […]
काठमाडौं । ताप्लेजुङका २१ मध्ये ३ वटा सहकारीले मात्रै कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवामा विवरण बुझाएको पाइएको छ । अधिकांश विवरण नबुझाउने सहकारीहरू डुब्ने अवस्थामा पुगेको कार्यालयका कर्मचारी बताउँछन् । केही सहकारी त, कार्यालय बन्द गरेर बेखर पनि बनेका छन् । विभागले सहकारी संस्थालाई आव सुरु भएको छ महिनाभित्र साधारण सभा गरिसक्न […]
काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ । ग्यास लिक हुँदा सुरु भएको आगोले भीषण रूप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर […]
भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट रु १५ देखि २० करोडको हाराहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्वार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । एक्काइस मुखे मुखद्वार एउटा […]
झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु. सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर-१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, बिर्तामोड र बुद्ध शान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्रांगारिक मल बनाउन […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । यस बैंकको एक करोड ९८ लाख ७० हजार ८२३ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, छिमेकी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ […]
काठमाडौं । नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर हुने भएको छ । दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको आईएमई पे स्रोतले जनाएको छ । सम्झौता भई आज राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ । भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो ।
काठमाडौं । ताप्लेजुङको पाथीभरा सडक अन्तर्गत सुकेटार–काफ्लेपाटी खण्डको ११ किलोमिटर सढक कालोपत्रेको काम यसै वर्ष सकिने भएको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्कामा लिएको कम्पनीले अहिले धमाधम काम गरिरहेको र यसै आर्थिक वर्ष भित्र काम सकिने ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले बताए । ‘यो बाटोको विषयमा […]