नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघ्यो

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ । चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ […]

स्रोत नखुलेको १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय गौर भन्सारबाटै फरार

रौतहट– सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । उनी रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाब फेर्ने बहानामा भन्सार कार्यालयको पश्चिम […]

श्री एयरलाइन्सको भरतपुरमा परीक्षण उडान

चितवन– निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा चितवनको भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो। क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ श्री एयरलाइन्सको ८० सिट क्षमताको जहाज भरतपुर आएको हो । परीक्षण उडान भएसँगै अब श्रीले नियमित उडान […]

तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिम्मा विदेशीलाई दिने प्रधानमन्त्रीको संकेत

काठमाडौं‌ – प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका तीनवटै अन्तरराष्ट्रिय विमानस्थल सञ्‍चालन जिम्मा विदेशी कम्पनीलाई जिम्मा लगाउने सङ्केत दिएका छन्‌ । प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनबारे सोधिएको प्रश्नको जवाफ दिँदै दाहालले तीनवटै विमानस्थल सञ्‍चालन जिम्मा विदेशी कम्पनीलाई दिनेबारे छलफल भइरहेको जानकारी दिएका हुन्‌ । ‘आज बिहान मात्रै पनि मैले सम्बन्धित मन्त्रालयसँग […]

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती

गोदार– धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । […]

रौतहटका बजारमा विषादी प्रयोग युक्त आँप बिक्री

रौतहट– रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो । सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको गौर,गरुडा,चन्द्रनिगाहपुर,कटहरिया,शिवनगर लगायतका प्रत्येक बजारमा समय अगावै औषधि हालेर पकाइएको आँप व्यापारीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् । यसरी […]

पेट्रोलियम ट्यांकर चालकको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

काठमाडौं- तीन दिनदेखि आन्दोलित नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । चालकहरूको मागबारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तापछि चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलियम डिलर्स एशोसियसनले आयल […]

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार […]

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा नेपाली कामदारको कोटा बढायो

काठमाडाैं – दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको अधिकारीहरूले बताएका छन्। यसअघि उत्पादनमूलक क्षेत्रमा १५,९०० कामदार लैजाने प्रतिबद्धता जनाएको दक्षिण कोरियाले यो वर्ष थप १३.२ प्रतिशत कामदार लैजाने जानकारी दिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। “यो वर्षबाट उत्पादनमूलक क्षेत्रमा नेपालको कोटा बढाएको जानकारी कोरियाली पक्षले दिएको छ। […]

पाभीरामा एक महिनामा भक्तले चढाए २४ लाखभन्दा बढी भेटी

फुङलिङ (ताप्लेजुङ) – ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघमा छ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको समितिले जनाएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा