मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री, रास्वपाको भाग सुरक्षित

काठमाडौं – सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबण्डा टुंगो लगाउन बुधबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा औपचारिक निर्णय नभए पनि मन्त्रालय भागबण्डाबारे मोटामोटी टुंगो लागेका नेताहरुले बताएका छन् । ‘प्रधानमन्त्रीले कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे सबै दलसँग अलगअलग कुरा गरेर प्रस्ताव ल्याउँछु […]

‘राष्ट्रिय सुरक्षाको विषय संवेदनशिल विषय हो’

काठमाडौ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सुरक्षाको विषय संवेदनशिल भएकाले सचेत हुनुपर्ने बताएका छन् । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामासञ्चालित उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन गर्दे प्रधानमन्त्री दाहालले राष्ट्रिय सुरक्षामा असर पर्ने कुनैपनि काम सरकारले नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशिल र महत्वपुर्ण रहेको बताए […]

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरमा २० भन्दा बढी घाइते भएका छन् । मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो । झडपमा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा बढी घाइते भएका हुन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको […]

कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिने

काठमाडौं – कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा […]

‘कोशीमा सरकार छाड्न निर्देशन आएको छैन’

विराटनगर – माओवादी केन्द्रले कोशी प्रदेश सरकार तत्काल नछाड्ने भएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तत्काल सरकार नछाड्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रले एमालेले नेतृत्व गरेकको गण्डकी प्रदेश सरकार छाडिसकेको छ । लुम्बिनीमा पनि हालसम्म छाडेको छैन । नेता आङ्बो भने कोशी प्रदेशको अवस्था […]

कोशी प्रदेश : आन्दोलनमा घाइते भएका पदमबहादुरको मृत्यु

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । कोशी प्रदेशको नाम खारेज […]

ईन्द्र आङ्वोलाई हत्या गर्ने भन्दै उनी सवार गाडी खेदाउने को हो ? (भिडियो सहित)

काठमाडौं – साविक प्रदेश १ को नाम कोशी प्रदेश राखिएको भन्दै कोशी प्रदेशका विभिन्न जिल्लामा केहिदिन देखि आन्दोलन र हड्ताल भइरहेका छन् । यसै क्रममा कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि ताप्लेजुङमा मंगलबार आक्रमणको प्रयास भयो । पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे […]

नेपालले आणविक कानून बनाउँदा परराष्ट्र सम्बन्ध र नीतिलाई ध्यान दिनुपर्छ : योगेश भट्टराई

काठमाडाैं – प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनु पर्ने बताउनुभयो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका […]

कोशी प्रदेशका माओवादीका संसदीय दलका नेता आङ्वोमाथि किन भयो आक्रमण प्रयास ?

ताप्लेजुङ – कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको हो । आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो […]

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्षको मन्त्रालयलाई पत्र : हाम्रा कर्मचारी फिर्ता गर

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन लिम्बूले आफ्ना कर्मचारीलाई तुरुन्त फिर्ता गर्न संघीय मामिला मन्त्रालयलाई पत्र लेखेका छन् । आफ्नो गाउँपालिकामा रहेका विभिन्न तहका कर्मचारीलाई मन्त्रालयले सुगमका पालिकाहरुमा काज खटाइदिएपछि आफूहरुलाई काम गर्न असहज भएको लिम्बूले लेखेको पत्रमा उल्लेख छ । शिक्षा प्रशासन, इन्जिनियरिङ लगायतका क्षेत्रका कर्मचारीलाई विभिन्न ठाउँमा काज खटाइदिंदा आफ्नो पालिकाको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा