काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्रका मतदातासँग तीन दिनसम्म अन्तरक्रिया गर्ने भएका छन् । झापा क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासित अन्तरक्रिया गर्न ओली बुधबार झापामा हुनेछन् । बुधबार झापाको बिर्तामोडमा हुने एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा […]
कर्णाली – करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व […]
विराटनगर – प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गर्नुभयो । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ […]
विराटनगर – प्रदेश सांसद सर्वध्वज साँवाले आफूहरु घेराबन्दीमा परेको भन्दै संसदमै गुहार मागेका छन् । संसदलाई सम्बोधन गर्दै उनले सुरुमै ‘गुहार गुहार भन्न चाहन्छु’ भनेर आफ्नो भनाई सुरु गरेका थिए । उनले प्रदेश नामाकरणको सम्बन्धमा विभिन्न समुहहरुको दबाब र घेराबन्दीका कारण सांसदहरु असुरक्षित भएको समेत गुनासो गरेका छन् । उनले आफूहरुलाई बलिको बोको बनाइएको बताए […]
काठमाडौं – नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम […]
उदयपुर – उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु […]
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन्। ४४ औँ स्मृति दिवस अवसरमा अध्यक्ष ओली लगायतका नेता कार्यकर्ताले पुष्पलालको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण गरेका हुन्। नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको […]
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा नागरिकताको राष्ट्रियतासँग जोडिएकाले सर्वदलीय सहमतिद्वारा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गर्दा माग गरिएको छ । सो विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसद खगराज अधिकारीले नागरिकतासम्बन्धी विश्वका अन्य मुलुकको अनुभवका आधारमा निर्णयमा पुग्नुपर्ने बताउनुभयो । सोही पार्टीका गङ्गा चौधरी ९सत्गौवा० ले सार्कका […]
काठमाडौं – नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न माग गरेको हो । वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमा लाभग्राहीलाई सामुदायिक तथा […]
काठमाडौं – वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा आज भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा पनि छलफल भएको थियो । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, “बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट […]