काठमाडौँ । प्रतिनिधिसभा विघटनका सबै रिटमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बिहीबार प्रधानन्यायाधीशको एकल इजलासले अन्तरिम आदेश माग गरिएका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । अब आज बस्ने संवैधानिक इजलासमा सबै रिटहरु पेस हुनेछन् । संसद विघटनपछि सर्वोच्च अदालतमा विभिन्न पक्षका ३० वटा रिट परेका छन् […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना महामारीबाट थलिएका प्रदेशबासीबाटै रकम उठाएर स्वास्थ्य कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने र यसका लागि न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न आग्रह गर्ने बताईन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव […]
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । पार्टीबाट निष्कासित […]
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप […]
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही र बदलाको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्याउने बताएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका नेताहरुलाई कारबाहीको प्रक्रिया सुरु गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। उनले नेताहरुलाई आफ्नो विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन्। ‘कारवाही, प्रतिशोध र बदलाको राजनीतिले […]
काठमाडौं । सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् । सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न […]
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । धारा […]
काठमाडौं । एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा ९एमाले० एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । एमालेमा विवाद देखिएदेखि मिलाउने प्रयासमा लागिरहेका भट्टराईले देउवालाई प्रम […]