काठमाडौं । नवोदित कानुन व्यवसायी २५ वर्षे विराज थापाले सात जना गैरसांसद् मन्त्रीलाई पदमुक्त गराइदिएका छन् । उनी यहि पटक नेपाल बार काउन्सिलबाट अधिवक्ताको लाइसेन्स लिएका थिए । राष्ट्रियसभाका सांसद् रामनारायण विडारीको ल फर्ममा अभ्यास गरिरहेका थापा भर्खरै नेपाल ल क्याम्पसबाट विएएलएलबीको पढाइ सिध्याएका हुन् । माओवादी त्यागेर एमालेमा प्रवेश गरेका सात मन्त्रीको जागिर नै […]
काठमाडौं । बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन् । बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्। सत्तारुढ […]
हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् । १। श्री केपी शर्मा ओली प्रधानमन्त्रीररक्षा २। श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३। श्री रामबहादुर थापा मन्त्री गृह ४। श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई ५। श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ ६। श्री […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेका थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका […]
काठमाडौं । प्रधानमन्त्री केपी ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न उनीहरूले संयुक्त रुपमा राष्ट्रपतिलाई आह्वान गरेका हुन्।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठक सकिएलगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बालुवाटार स्रोतले जनाएको छ। यस अगाडि साँझका लागि निर्धारण गरिएको मन्त्रिपरिषद् बैठक बोलाएपनि संसद् बैठक जारी रहेकाले केहि समय पछाडि सरेको छ। प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। समसामयिक राजनीतिक घटनाक्रमलाई लक्षित गरी […]
काठमाडौं । पुष्पकमल दाहाल‘प्रचण्ड’प्रधानमन्त्री केपी ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत माग्ने नैतिकता नभएको दाबी गरेका छन्। ‘यो सदनले विश्वासको मत दिँदैन।’उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर […]
काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत लिनका लागि डाकिएको संसद्को विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको छ। बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव राखिरहेका छन्। विशेष अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)